काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलहरूको विरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । साेमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूसँग सहमति नजुट्दा १ बजे मात्र सुरु गर्न बाध्य भयाे ।
साे जारी बैठकमा विपक्षी दलहरूले सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको जवाफ खोजेका थिए। यसका साथै, करको दर हेरफेर र त्यस सम्बन्धी सूचना ‘लिक’बारे अर्थमन्त्रीमाथि छानविनको मागसमेत गरेका थिए।


