आइत, जेष्ठ २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बजेटमा सकारात्मक पक्षको चर्चा

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
Reading Time: 1 min read
0
राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-सबि भट्टराई
आर्थिक वर्ष २०८३-८४ को बजेट सार्वजनिक भएसँगै यसको विभिन्न कोणबाट समीक्षा र विश्लेषण भइरहेको छ । बजेटप्रति आलोचना र असन्तुष्टि व्यक्त हुनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक पक्ष हो । तर कुनै पनि बजेटको मूल्यांकन गर्दा त्यसमा समेटिएका सकारात्मक पक्षहरूलाई पनि निष्पक्ष रूपमा हेर्न आवश्यक हुन्छ । सीमित स्रोतसाधन, बढ्दो जनअपेक्षा र चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच सरकारले प्रस्तुत गरेको बजेटमा केही यस्ता विषय समावेश भएका छन्, जसले सामाजिक न्याय, समावेशिता, आर्थिक पुनरुत्थान र दीर्घकालीन विकासको दिशामा आशा जगाउने प्रयास गरेको देखिन्छ ।
यस बजेटको एउटा उल्लेखनीय पक्ष भनेको मध्यम वर्गको उदयलाई नीतिगत रूपमा स्वीकार गर्नु हो । लामो समयसम्म गरिबी न्यूनीकरण र आधारभूत सेवामा केन्द्रित राज्यले अब आर्थिक रूपमा आत्मनिर्भर र उत्पादक मध्यम वर्ग निर्माणको आवश्यकतालाई प्राथमिकतामा राखेको संकेत दिएको छ । कुनै पनि देशको आर्थिक स्थायित्व र लोकतान्त्रिक संस्थाको मजबुतीका लागि सबल मध्यम वर्ग महत्वपूर्ण आधार मानिन्छ । बजेटले यही वर्गको विस्तारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने सोच प्रस्तुत गरेको देखिन्छ ।
राज्यको भूमिकाबारे पनि बजेटले महत्वपूर्ण सन्देश दिएको छ । राज्य केवल नियन्त्रण र नियमन गर्ने निकाय मात्र नभई विकास, सेवा प्रवाह र सामाजिक सुरक्षाको प्रमुख अभिभावकका रूपमा प्रस्तुत हुनुपर्ने अवधारणालाई बजेटले आत्मसात् गरेको छ । यसले राज्यलाई नागरिकको जीवनस्तर उकास्ने सक्रिय साझेदारका रूपमा स्थापित गर्ने प्रयास गरेको संकेत गर्छ । स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिनु बजेटको अर्को सकारात्मक पक्ष हो । विशेषगरी आमा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइनु तथा सेवा विस्तारको प्रतिबद्धता व्यक्त गरिनु स्वागतयोग्य छ । मातृ मृत्युदर घटाउने, सुरक्षित मातृत्व सुनिश्चित गर्ने र ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्यले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्न सक्छ । नर्सिङ कर्मचारीको नाइट ड्युटी भत्ता दोब्बर बनाउने व्यवस्था पनि स्वास्थ्य क्षेत्रप्रतिको संवेदनशीलताको संकेत हो । स्वास्थ्यकर्मीहरू विशेषगरी नर्सहरू अस्पताल सेवाको मेरुदण्ड मानिन्छन् । उनीहरूको श्रम, समर्पण र कठिन कार्यपरिस्थितिलाई सम्मान गर्ने प्रयासले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान पु¥याउन सक्छ ।
दलित समुदायका पाँच वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउने कार्यक्रमले सामाजिक न्याय र समावेशी विकासप्रतिको प्रतिबद्धतालाई झल्काउँछ । नेपालमा कुपोषण अझै पनि चुनौतीका रूपमा रहेको अवस्थामा सबैभन्दा पछाडि पारिएका समुदायका बालबालिकालाई लक्षित गरेर ल्याइएको कार्यक्रमले स्वास्थ्य र मानव विकासका सूचक सुधार्न मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । त्यसैगरी जेनजी आन्दोलनका घाइतेलाई उपचार र रोजगारीको व्यवस्था गर्ने घोषणा पनि राज्यको जिम्मेवारीबोधको सकारात्मक उदाहरण हो । विभिन्न राजनीतिक आन्दोलन र परिवर्तनका क्रममा घाइते भएका नागरिकहरूको पुनस्र्थापना र सम्मानजनक जीवनयापनका लागि राज्यले विशेष कार्यक्रम ल्याउनु सकारात्मक कदम मान्न सकिन्छ ।
अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय स्थापना गर्ने योजनाले विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा राज्यको ध्यान पुगेको संकेत दिएको छ । समावेशी शिक्षा आजको विश्वव्यापी आवश्यकता हो । यस्ता बालबालिकालाई उनीहरूको आवश्यकता अनुसारको वातावरण र सेवा उपलब्ध गराउन सकेमा उनीहरूको क्षमता विकासमा ठूलो योगदान पुग्न सक्छ । लैंगिक हिंसा निवारणसम्बन्धी एकीकृत कार्यक्रम र दुर्गम क्षेत्रका सुत्केरी महिलाका लागि आपत्कालीन हवाई सुविधाको व्यवस्था पनि बजेटका महत्वपूर्ण सामाजिक पक्ष हुन् । महिलाको स्वास्थ्य, सुरक्षा र सम्मानलाई केन्द्रमा राखेर ल्याइएका यस्ता कार्यक्रमले राज्यको उत्तरदायित्वलाई थप मजबुत बनाउँछन् ।
औद्योगिक क्षेत्रलाई पुनर्जीवित गर्ने उद्देश्यले गोरखकाली रबर उद्योगलगायत सात वटा उद्योग सञ्चालन गर्ने योजना बजेटको अर्को आकर्षक पक्ष हो । विगतमा बन्द भएका वा कमजोर अवस्थामा रहेका उद्योगहरूको पुनः सञ्चालनले रोजगारी सिर्जना, उत्पादन वृद्धि र आयात प्रतिस्थापनमा सहयोग पु¥याउन सक्छ । नेपाललाई उपभोगमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान यस्ता प्रयास आवश्यक छन् । सूचना प्रविधिलाई विशेष प्राथमिकता दिइनु पनि समयसापेक्ष निर्णय हो । विश्व अर्थतन्त्र तीव्र रूपमा डिजिटल रूपान्तरणको दिशामा अघि बढिरहेका बेला नेपालले पनि सूचना प्रविधिमा लगानी बढाउनुपर्ने आवश्यकता छ । युवा जनशक्तिलाई प्रविधिसँग जोड्ने, डिजिटल सेवा विस्तार गर्ने र प्रविधिमार्फत आर्थिक अवसर सिर्जना गर्ने सम्भावना यस क्षेत्रमा प्रशस्त छ ।
बजेटले गाउँ, कृषि र उद्योगलाई आर्थिक विकासको मुख्य आधारका रूपमा प्रस्तुत गरेको छ । कृषि क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राखिनु विशेष महत्वपूर्ण छ, किनकि नेपालको ठूलो जनसंख्या अझै पनि कृषिमा निर्भर छ । कृषि उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणमार्फत ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्यले दीर्घकालीन आर्थिक विकासमा सहयोग पु¥याउन सक्छ । पूर्वाधार विकासतर्फ कर्णाली राजमार्गको स्तरोन्नतिलाई प्राथमिकता दिइनु पनि सकारात्मक पक्ष हो । कर्णाली क्षेत्र लामो समयदेखि विकासका दृष्टिले पछाडि परेको क्षेत्र मानिन्छ । यातायात पूर्वाधारको सुधारले आर्थिक गतिविधि विस्तार, सेवा पहुँच वृद्धि र क्षेत्रीय असमानता घटाउन सहयोग पु¥याउनेछ । खानेपानी वितरण प्रणालीमार्फत पाँच वर्षभित्र सबै नागरिकलाई स्वस्थ खानेपानी उपलब्ध गराउने लक्ष्य पनि दूरदर्शी सोचको परिचायक हो ।
समग्रमा हेर्दा आर्थिक वर्ष २०८३÷८४ को बजेटमा केही चुनौती र सीमितता भए पनि सामाजिक न्याय, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, सूचना प्रविधि, पूर्वाधार विकास र समावेशीकरणका क्षेत्रमा सकारात्मक सन्देश दिने थुप्रै कार्यक्रम समेटिएका छन् । बजेटको सफलता अन्ततः यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहनेछ । तर नीतिगत रूपमा समेटिएका यी सकारात्मक पक्षहरूले सही ढंगले कार्यान्वयन भएमा आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र नागरिक जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने आधार भने अवश्य निर्माण गरेका छन् । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

बजेटमा सकारात्मक पक्षको चर्चा

७ घण्टा अगाडि
‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक