शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जातीय भेदभाव तथा छुवाछूतको प्रभावकारी अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै समाजको सोच, व्यवहार र संस्कारमा सकारात्मक परिवर्तन आवश्यक रहेको जनाएका छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस-२०८३ का अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले समानता, सम्मान र मानवीय मर्यादालाई व्यवहारमा उतार्ने सामाजिक वातावरण निर्माण गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।

उनले २०६३ साल जेठ २१ गते तत्कालीन प्रतिनिधि सभाले नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको ऐतिहासिक निर्णयको स्मरण गर्दै सामाजिक न्याय र समानताप्रतिको राष्ट्रिय प्रतिबद्धतालाई थप सुदृढ बनाउने अवसरका रूपमा यो दिवसलाई लिनुपर्ने जनाएका छन्।

प्रधानमन्त्री शाहले दलित समुदायले नेपालको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै त्यसको उचित सम्मान हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

सन्देशमा उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक जीवनयापन गर्ने अधिकार सुनिश्चित गरेको तथा जातीय भेदभाव र छुवाछूतलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरेको उल्लेख गरेका छन्। तर, विभेदरहित समाज निर्माणका लागि कानुनी प्रबन्धसँगै सामाजिक चेतना र व्यवहारमा पनि रूपान्तरण अपरिहार्य रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीका अनुसार सरकारले संविधानले प्रत्याभूत गरेका सामाजिक न्याय, समानता र समावेशी विकासका लक्ष्यलाई कार्यान्वयन गर्न प्राथमिकता दिएको छ। साथै, दलित समुदायका परम्परागत सीप संरक्षण, आयआर्जन अभिवृद्धि तथा प्रविधि विकाससम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको उनले जनाएका छन्।

जातीय भेदभावमुक्त समाज निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय दिवसले सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक सम्मानको संस्कृतिलाई थप मजबुत बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस्

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

६० मिनेट अगाडि
परराष्ट्रमन्त्री भारत प्रस्थान गर्दै

परराष्ट्रमन्त्री भारत प्रस्थान गर्दै

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक