काठमाडौं । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१ मिल्सेरिया शहिद चोकस्थित जानकी ट्रेडर्समा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, हरिनगरा गाउँपालिका-५ बस्ने सिकेन्द्र अली र जफार अलीको खेतमा लगाएको मकैमा मंगलबार दिउँसो आगलागी हुँदा दुबै जनाको गरी करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
उदयपुर, त्रियुगा नगरपालिका-११ ढिम्की मन्दिर टोल बस्ने ३० वर्षीया सर्मिला कार्की दाहालको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब १ लाख ४८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१० स्थित श्री माता रानी सेन्टर कबाडी संकलन स्थलमा मंगलबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


