बिहि, जेष्ठ २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

न्यायको मूर्ति भनिएको अदालतबाट सरकारी कर्मचारी नै पीडित  

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
0
न्यायको मूर्ति भनिएको अदालतबाट सरकारी कर्मचारी नै पीडित  
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एक सरकारी महिला अधिकृतले आफ्नै सहकर्मीबाट बलतकृत भएको र अदालतले प्रमाणको अन्देखा गरि पीडकलाई उन्मुक्ति दिएको आरोप लगाएकी छन् । मंगलबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा पीडितले आफू विछिप्त भएर आत्महत्यासम्मको आवस्थामा पुगेको बताएकी छन् ।

नाम नखुलाएकी उनले बारा जिल्ला कोल्हबी नगरपालिका हनुमानगन्ज स्थायी घर भएका लेखा अधिकृत प्रमोद मैनालीको जबरजस्तिकरणीको मुद्धामा काठमाडौं जिल्ला अदालतबाट ५ लाख धरौटीमा छुटेको पीडा व्यक्त गरिन् ।

हाल किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा कार्यारत मैनालीले काठमाडौं स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारमा कार्यारत हुँदा २०८१ माघमा आफूलाई  बलात्कार गरेको बताईन् ।

पीडित अफू पनि एउटै विभागको अधिकृत स्तरको कर्मचारी भएको हुँदा कार्यालयको कामले काठमाडौं आएको समयमा मैनालीले जबरजस्तिकरणी गरेको बताएकी छन् ।

सो घटना पछि आफू अविवाहित भएको त्यसमाथि पनि मधेशी समुदायबाट आएको घरको जेठो सन्तान भएकोले सो घटनालाई लुकाउन खोजेकोसमेत बताइन् ।

बलत्कारपछि पनि विभिन्न दबाब आएको बताउँदै भनिन्,“म स्वयम ठूलो संघर्षबाट सरकारी सेवामा पुगेकोले आफैले घटना दबाउन खोज्दा पीडकबाट थप सेक्सोल हर्यास्मेन्टको दबाब र धम्किले कानुनी उपचार खोज्न बाध्य भएँ ।”

सहनै नसक्ने अवस्थामा पुगेपछि सुरुमा प्रहरीले जाहेरी नलिएको बताउँदै पीडितले भनिन्,“२०८२ वैशाख १४ गते र ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाँदा प्रहरीले जाहेरी लिन निरुत्साहीत गर्नुभयो, धेरै पटकपछि जेठ २७ मा मैनाली विरुद्धको जाहेरी दर्ता भयो ।”

जाहेरी दर्तापछि मैनाली पक्राउ परेको र काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा छडेपछि, आफू उच्च अदालत पाटनमा जाँदा पनि सो अदालतले पनि सोही निर्णयलाई सदर गरेको भन्दै पीडा व्यक्त गरिन् ।

अभियान्ता सोभा पाठकले आफू पनि यस्तै पीडाबाट गुज्रेकोले धेरै पटक आत्महत्या गर्नबाट जोगाएको बताईन् । पीडित बहिनीलाई जिल्ला अदालत र उच्च अदालतले प्रमाणको अध्ययन नगरि थप पीडा दिएको र अब सर्बोच्च अदालतले न्याय दिनेमा विस्वस्थ रहेको बताइन् ।

यो पनि पढ्नुहोस्

सिभिल मलमा युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर  लगाए आगो

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

११ घण्टा अगाडि
कोदालो प्रहार गरी हत्या

छोराको हत्या गरेको अभियोगमा पक्राउ

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

के संसद  तमासा देखाउने ठाउँ हो?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘पूर्ण बहादुरको सारङ्गी’को लय समाउँदैछ ‘रोल नं १’ ?

नेपाल फोटो फेस्टिभल २०२६ काे तयारी

धुवाँ फाल्ने १३ ओटा सवारी साधन कारवाही

एभरेष्टमा विद्यार्थी निर्माण समूह गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक