आइत, जेष्ठ १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य

पेट्रोलियम पदार्थको आयातमा एकीकृत

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
पेट्रोलियम पदार्थको आयातमा एकीकृत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्ने विभिन्न करलाई एकीकृत गरेको छ । पेट्रोलियम पदार्थ आयात गरी भन्सार विन्दुमा सङ्कलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर, हरित करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो ।

इन्धन आयातबापत भन्सार विन्दुमा यी कर सङ्कलन भई सरकारको खातामा जम्मा हुने गरेको नेपाल आयल निगमले जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक अध्यादेशमार्फत छरिएर रहेका करलाई एकीकृत गरेको हो । अध्यादेशमा सुरुमा १० प्रतिशत कर लगाउने उल्लेख गरिएकोमा शनिबार नै त्यसलाई सच्याएर प्रतिलिटर १० रुपियाँका दरले हरित कर लगाउने व्यवस्था उल्लेख छ ।

यसअघि एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि डिजेल/पेट्रोल प्रतिलिटरमा पूर्वाधार करबापत १० रुपियाँ सङ्कलन गर्दै आएको थियो । पछिल्लो समय पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण इन्धनको मूल्य महँगो हुँदै गएपछि सरकारले पूर्वाधार करमा पाँच रुपियाँ छुट दिएर लिटरमा पाँच रुपियाँ मात्रै सङ्कलन गर्दै आएको थियो ।

यस्तै सडक मर्मत दस्तुरबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजेलमा लिटरमा दुई रुपियाँ सङ्कलन गरिँदै आएको छ । हरित करबापत पेट्रोल र डिजेल प्रतिलिटरमा एक/एक रुपियाँ सङ्कलन हुने गरेको छ । अब भन्सार विन्दुमा एउटै हरित कर शीर्षकमा कर सङ्कलन हुने छ । हरित करबापत प्रतिलिटर पेट्रोल र डिजेलमा १०/१० रुपियाँका दरले सङ्कलन हुने छ ।

अन्य कर लामो समयदेखि सङ्कलन हुँदै आएकोमा हरित कर भने आर्थिक वर्ष २०८१/८२ को बजेटबाट घोषणा भई लागु भएको थियो । इन्धनमा लगाइएको करका कारण उपभोक्तालाई थप महँगो पर्ने गरेको छ ।

हरित अर्थतन्त्र प्रवर्धन गर्ने एउटा माध्यमका रूपमा हरित करलाई लिने गरिन्छ । हरित करलाई सामान्यतः वातावरणीय करका रूपमा बुझिन्छ । वातावरणलाई प्रदूषित पार्ने वा असर पार्ने क्रियाकलापसँग केन्द्रित गरेर यो कर लगाउने गरिन्छ ।

यस्तै आगामी आवको बजेटमार्फत इन्धनको मूल्य स्थायित्व कायम गर्न ‘फ्युचर्स कन्ट्र्याक्ट’ गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्ने व्यवस्था गरिएको छ । पेट्रोल पम्पमा न्यूनतम पूर्वाधारसहित इभी चार्जिङ स्टेसन जडान गर्न प्रोत्साहन गर्ने बजेटमा व्यवस्था गरिएको छ ।

नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टीको व्यवस्था बजेटमार्फत गरिएको छ ।

यसैबिच कम्तीमा तीन महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्रीलगायतका रणनीतिक महìवका आयोजनामा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गर्ने बजेटमा व्यवस्था गरिएको छ ।

गोरखापत्र

यो पनि पढ्नुहोस्

सांसद आशिकालाई बैठक कक्ष बाहिर लगे

सांसद आशिकालाई बैठक कक्ष बाहिर लगे

४३ मिनेट अगाडि
विवादित भूभागबारे इंग्ल्याण्डसँग कुरा भयाे

विवादित भूभागबारे इंग्ल्याण्डसँग कुरा भयाे

४६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दै

आज सुनकाे भाउ बढ्याे

एभरेस्ट टुरिजम अवार्ड सम्पन्न

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

एक लुटेरा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक