शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

नयाँ प्रतिनिधिसभा हलमा नहुने भयो बजेट भाषण

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
नयाँ प्रतिनिधिसभा हलमा नहुने भयो बजेट भाषण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कमलराज भट्ट,

पटक–पटक म्याद थपिए पनि संघीय संसद् भवन निर्माणको काम पूरा हुन नसकेपछि यसपटक पनि प्रतिनिधिसभाको आफ्नै हलमा बजेट भाषण नहुने भएको छ । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनअन्तर्गत प्रतिनिधिसभाको नयाँ हलबाट बजेट प्रस्तुत गर्ने तयारी गरिए पनि निर्माण कार्य समयमै नसकिँदा योजना अधुरै बनेको हो ।

प्राविधिक तथा संरचनागत काम बाँकी रहेपछि अब आगामी बजेट भाषण निर्माणाधीन भवनकै बहुउद्देश्यीय हलबाट हुने गरी तयारी थालिएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अहिलेको बैठक कक्षमै १५ जेठको अपराह्न ४ बजे दुवै सभाको संयुक्त बैठक बस्ने र त्यसअघि ३ः४५ बजेभित्र उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन् । संसद् सचिवालयले केही दिनअघि प्रतिनिधिसभाको हलबाट बजेट भाषणको तयारी भैरहेको जनाएको थियो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्माणाधीन प्रतिनिधिसभा हलमा अडियो–भिडियो सिस्टम, एमसिआर जडान तथा अन्य प्राविधिक व्यवस्थापन समयमै पूरा हुने सुनिश्चितता नभएकाले जोखिम लिन नसकिएको हो । ‘हल सञ्चालन चुनौतीपूर्ण देखियो । बैठक सञ्चालन गर्न सकिनेमा सुनिश्चित हुन सकिएन,’ प्रवक्ता गिरीले भने, ‘बाध्यात्मक परिस्थितिमा बहुउद्देश्यीय हलमै बजेट वाचन गर्नुपर्ने भयो ।’

यता सहरी विकास तथा भवन निर्माण विभाग भने हल सञ्चालन गर्न सकिने अवस्थामा रहेको दाबी गरिरहेको छ । विभागका प्रवक्ता रोशन श्रेष्ठका अनुसार केही कन्फ्रेन्सिङ उपकरण सिंगापुरबाट नआए पनि वैकल्पिक व्यवस्थामार्फत हल सञ्चालनको तयारी गरिएको थियो । ‘काम चलाउने गरी वैकल्पिक व्यवस्था गरिएको थियो । हल चल्ने अवस्थामै थियो,’ उनले भने, ‘बहुउद्देश्यीय हलबाट बजेट आउने निर्णय भएको कुरा समाचारमार्फत थाहा भयो ।’

छैटौँपटक थपिएको म्यादभित्र पनि निर्माण पूरा नहुने
सहरी विकास तथा भवन निर्माण विभागले संसद् भवन निर्माण सम्पन्न गर्न अन्तिमपटक भनेर गत फागुनमा छैटौँपटक ९० दिन समय थपेको थियो । १६ पुस ०८२ मा पाँचौँपटक म्याद सकिएको थियो । थपिएको ९० दिनको समय सकिनै लाग्दा समग्र भवनको प्रगति विवरण ९६ प्रतिशत मात्रै छ ।

विभागका प्रवक्ता श्रेष्ठका अनुसार भवनको भौतिक प्रगति ९६ प्रतिशत र वित्तीय प्रगति ८५ प्रतिशत छ । ‘मेजर काम त सकिसकेको छ । माइनर काम बाँकी हो । विदेशबाट अलिकति समान आइपुगेन,’ उनले भने, ‘पाँच महिनाअघि नै भुक्तानी गरेको सामान पनि आएन । समयभित्र सकिएन भने कानुनबमोजिम हुन्छ ।’ १ असोज ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरेको संसद् भवन सात वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन ।

जेन–जी आन्दोलनमा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन आगजनी भएपछि अहिले संसद् सचिवालयसँग सदन सञ्चालन गर्न भवन छैन । समयमै नयाँ भवन निर्माण नहुँदा अस्थायी रूपमा काम चलाउनुपरेको छ । ठेकेदार कम्पनी टुदी सेप जेभीले पाँच अर्ब ३९ करोड लागतमा भवन बनाउँदै छ । सिंहदरबारस्थित पुतली बगैँचाको १५१ रोपनी क्षेत्रफलमा निर्माणाधीन भवनमा आठवटा ब्लक छन् भने १२ वटा छुट्टाछुट्टै भवन छन् । जसमा चार सय सिट क्षमताको प्रतिनिधिसभा, एक सय सिट क्षमताको राष्ट्रिय सभा छ । यी दुवैका बिचमा मुख्य प्रवेशद्वार छ, जसको दाहिनेतिर राष्ट्रिय सभा र देब्रेतर्फ प्रतिनिधिसभा छ । मुख्य भवनसँगै सहायक भवन पनि छन् । जहाँ संसदीय दलका कार्यालय, समितिका हल, दुइटा संसद् सचिवालय भवन, पुस्तकालय, संग्रहालय, चमेना गृहलगायत छन् ।

भिभिआइपीका लागि छुट्टै भवन, विशाल पार्किङ, सुरक्षाकर्मी बस्ने ठाउँसहित आवश्यक सबै सेवा समेटिने संरचना तयार हुँदै छ । राष्ट्रिय महŒव बोकेको भवनको डिजाइन स्टकचरल, आर्किटेक्चर, इलेक्ट्रिकल, स्यानिटरी पक्षलाई समायोजन गरेर भूकम्पीय हिसाबले सुरक्षित बनाइँदै छ ।

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

६ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक