बर्दिया । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गेरूवा गाउँपालिका-१ भटेरा बस्ने १९ वर्षीय महेन्द्र जैशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


