काठमाडौं । काठमाडौं, कीर्तिपुर नगरपालिका-१० तीनकुनेस्थित टियुको खाली भवनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, लालबन्दी नगरपालिका-७ लालबन्दी बजारमा सोही नगरपालिका-५ रंन्जितपुर बस्ने ६० वर्षीय लक्ष्मण महतो मंगलबार मृत अवस्थामा फेला परेका छन् । धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९ ज्यामिरेघाट ठुलोमोडस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
पाल्पा, निस्दी गाउँपालिका-७ तालाआरीस्थित अरूण खोलामा सोही गाउँपालिका-७ सिन्दुर घर भएका ३९ वर्षीय बोम बहादुर सोमै गए राति मृत अवस्थामाम फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


