काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-१८ गिठेपानी बस्ने दुल्लु बुढामगरको घुम्ती किराना पसलमा सोमबार साँझ आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङ, बुढीगंगा गाउँपलिका-६ तिलाठी बस्ने ५४ वर्षीय दुर्गा प्रसाद तिमल्सिनाको कुखुरा फर्ममा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


