गाईघाट, जेठ ५ गते । प्रतिबन्धित लागूऔषध ६ किलोग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
अस्थाई प्रहरी पोष्ट नेपालटार उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरगढी गाउँपालिका वडा ४ तितिरेबोट स्थितबाट ६ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो। सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाँजासहित सिराहा जिल्लाको लिलादेवी राम र अस्मिता रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


