मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

केही हप्ताभित्र सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
केही हप्ताभित्र सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अबको केही हप्ताभित्र सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने जनाएकी छन् ।

सहकारीपछि सुकुमवासी समस्या समाधानमा पनि सरकार लागिराखेको बताउँदै उनले भनेकी छन्, ‘हाम्रो लक्ष्य अबको केही हप्तामा लालपुर्जा वितरण गर्छौं सुकुमवासीको हकमा ।’

बालेन शाह नेतृत्वको सरकार बनेलगत्तै सरकारले काठमाडौं उपत्यकाका खोला किनारमा बसेका सुकुमवासी र अव्यवस्थित बसोबासीले बनाएका घर टहरा लगायतका संरचनामा डोजर चलाएको थियो । त्यहाँबाट विस्थापित सुकुमवासीहरुलाई विभिन्न स्थानमा होल्डिङ सेन्टरमा राखिएको छ । त्यहाँ वास्तविक सुकुमवासीहरुको पहिचान गर्ने (स्क्रिनिङ गर्ने) काम भइरहेको सरकारले जनाएको छ । पहिचानपछि उनीहरुलाई लालपूर्जा वितरण गर्ने मन्त्री रावलको धारणा छ ।

यसअघि वास्तविक सुकुमवासीहरूलाई लालपूर्जा वितरण नगर्दासम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारीसमेत गरेको रास्वपा सांसदहरुको अभिव्यक्ति सार्वजनिक भएको थियो ।

गत वैशाख ३१ गते बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति एवम् रास्वपा सांसद हरि ढकालले सुकुमवासीलाई मासिक १५ हजार वितरणको तयारीबारे जानकारी गराएका थिए ।

काठमाडौंबाट अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गर्ने अभियान सुरु भएपछि अन्य जिल्लाहरुमा पनि सुकुमवासी र भूमिहीनहरु बस्दै आएको ठाउँमा डोजर लगाउने अभियान चलिरहेको छ । तर सुकुमवासी अगुवा एवम् अधिकारकर्मीहरुले उचित बसोबासको विकल्प नदिई घरटहरा भत्काएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।

सरकारको कदमविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया र व्यवस्थापन नगरी सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जबर्जस्ती विस्थापित नगर्न आदेश दिए पनि डोजर चल्ने क्रम भने रोकिएको छैन ।

रास्वपा सांसद एवम् मन्त्री रावलले सुकुमवासी समाधानका लागि बनाइएका पुराना संरचनाले राम्रो नतिजा दिन नसकेकाले अध्यादेश ल्याएर ‘फरक किसिमले’ काम गरिरहेको जनाएकी छन् । समयानुकूल संरचनाहरु बनाइरहेको र सुकुमवासी समस्या समाधानका लागि काम गरिरहेको उनको जिकिर छ ।

‘पुरानो ढर्राबाट हुँदैन र पुराना जति पनि हाम्रा संरचना थिए, तिनले राम्रो काम गरेन र त्यसले केही पनि रिजल्ट दिन सकेन भनेर हामीले फरक किसिमबाट जानुपर्छ भन्ने हिसाबबाट हामीले अध्यादेश मार्फत् पनि त्यो संरचनामा फेरबदल गर्‍याछौं । साेही अनुरूप समयानुकूल संरचनाहरु बन्दैछन्,’ उनले भनिन्, ‘हाम्रो लक्ष्य  अबको केही हप्तामा सुकुमवासीको हकमा लालपुर्जा वितरण गर्छौं ।’

यो पनि पढ्नुहोस्

अर्धमासिक रुपमा सरकारी कर्मचारीहरूलाई तलब पाउने

आज प्रतिनिधि सभाको बैठक बस्दै

३ घण्टा अगाडि
दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखियाे

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथिको सुनुवाइ सार्न माग

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेन शाह प्रश्नदेखि भाग्न नपाउने

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

नागरिकको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्नेमा जाेड

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

चीनमा ५.२ म्याग्निच्युडको गयाे भूकम्प

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक