काठमाडौं । शरीरका लागि आवश्यक पर्ने आइरन तत्वको कमी भएमा रगतमा हेमोग्लोबिनको कमी भई रक्तअल्पता हुन सक्दछ। एक पटक बनेका रक्तकोषहरू १२० दिनपछि स्वतः नष्ट हुन्छन्।
नयाँ रक्तकोष बन्न खाद्य पदार्थबाट प्रोटिन र फोलेटको साथै आइरनको आवश्यकता पर्दछ। यसका लागि चाहिने आइरन खानाबाट परिपूर्ति हुन नसके आइरनको कमी हुन्छ।
रक्तअल्पताले शरीरमा पार्ने असरहरू रक्तअल्पता भएमा मानिसको कार्यक्षमता कार्य उत्पादन र विशेषगरी बच्चाहरूको बौद्धिक विकासमा ह्रास आउन सक्छ। आमा तथा नवजात शिशुहरूमा कडा रक्तअल्पता भएमा तिनीहरू गम्भीर रूपमा बिरामी हुने अथवा मर्ने सम्भावना बढी हुन्छ।


