मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बैंकको स्थायित्वमा आँच पुग्ने भन्दै विरोध

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख पक्राउ विरुद्ध प्रत्यक्षकरणको निवेदन दर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  धितो लिलामी गरेर कर्जा असुली गर्दा सीईओ थुन्ने हो भने बैंकको स्थायित्वमा आँच पुग्ने भन्दै बैंक तथा वित्तीय संस्थाका चार वटै संगठनहरूले विरोध जनाएका छन् ।

बुधबार मात्रै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई नेपाल प्रहरीले स्मार्ट टेलिकम प्रालिको धितो लिलामी गरेको भन्दै पक्राउ गरेको छ ।  स्मार्ट टेलिकमले इन्भेस्टमेन्ट बैंकबाट लिएको ४ अर्ब ६० करोड ऋण नतिरेपछि टेलिकमका उपकरण लिलाम गरी बैंकले असुल गरेको थियो ।

पाण्डेको पक्राउबारे बैंक तथा वित्तीय संस्थाका चार वटै संगठन नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयूक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीतिरनिर्देशनको अधिनमा रही आम सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा टेवा पुग्ने गरी कर्जा प्रवाह हुँदै आएको बैंक तथा वित्तीय संस्थाका संगठनले जनाएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा (५७) ले बैंक तथा वित्तीय संस्थालाई कर्जा असुली नभएको अवस्थामा असुलीका लागि विशेष अधिकार दिएको छ । कर्जा असुली नभएको खण्डमा धितो लिलामी गर्नु बैंक र प्रमुख कार्यकारी अधिकृतको मूल दायित्व रहेको बैंक तथा वित्तीय संस्थाका संगठनले स्पष्ट पारेका छन् ।

‘आम सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक जस्ता संस्थाले कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृत पक्राउ पर्नुले बैंकको साखमा नै गिरावट आउन सक्ने र स्थायित्वमा नै आँच पुग्न सक्नेछ’ जारी संयूक्त विज्ञप्तिमा भनिएको छ ।

बैंकको साख तथा प्रमुख कार्यकारी अधिकृत पदको गरिमालाई समेत मध्यनजर गर्दै सबै पक्षलाई संवेदनशील हुन बैंक तथा वित्तीय संस्था संगठनहरूले संयूक्त अपिल गरेका छन् ।

‘सुन अनि थुनको सिद्धान्तमा रही आवश्यक अनुसन्धान गर्नुपर्ने भएमा ज्योति प्रकाश पाण्डेलाई यथाशिघ्र थुनाबाट बाहिरै राखि अनुसन्धान प्रकृया अघि बढाउनहुन सम्बन्धित निकायमा अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

४ घण्टा अगाडि
Live : प्रतिनिधिसभा बैठक सुरु

सभामुखकाे नियमित स्वास्थ्य परीक्षण

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

देशभर साधारणतया बदली

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक