बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मेगापिक्सेल ट्राभल पोर्ट्रेट फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
मेगापिक्सेल ट्राभल पोर्ट्रेट फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । vivo Nepal ले नेपाली बजारमा आफ्नो नयाँ २०० मेगापिक्सेल ट्राभल पोर्ट्रेट फ्ल्यागशिप स्मार्टफोन vivo V50 FE सार्वजनिक गरेको छ । यात्राका विशेष क्षण, साथीभाइसँगका भेटघाट तथा दैनिक जीवनका यादगार पलहरूलाई उत्कृष्ट रूपमा कैद गर्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको जनाएको छ ।

कम्पनीका अनुसार vivo V50 FE मा २०० मेगापिक्सेल ओआईएस अल्ट्रा–क्लियर क्यामेरा रहेको छ, जसले यात्रा, प्राकृतिक दृश्य तथा समूह तस्बिरहरूलाई उच्च गुणस्तरसहित कैद गर्न सक्षम बनाउँछ । यससँगै ३२ मेगापिक्सेल एचडी सेल्फी क्यामेराले फराकिलो फिल्ड अफ भ्यू प्रदान गर्दै ग्रुप सेल्फी तथा भिडियो कल अनुभवलाई थप सहज बनाउने कम्पनीको दाबी छ ।

स्मार्टफोनमा अगाडि र पछाडि दुवै क्यामेरामा ४के स्टेबल भिडियो रेकर्डिङ सुविधा उपलब्ध रहेको जनाइएको छ । कम्पनीले नयाँ एआई इमेजिङ फिचरहरू पनि समावेश गरेको जनाएको छ । एआई म्याजिक ल्याण्डस्केप, सिग्नेचर स्नो टोन तथा अरोरा इफेक्टजस्ता फिचरले सामान्य दृश्यलाई पनि आकर्षक सिनेमाटिक फ्रेममा रूपान्तरण गर्न सहयोग गर्ने बताइएको छ ।

डिजाइनका हिसाबले पनि vivo V50 FE लाई प्रिमियम स्मार्टफोनका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । ओसियन ब्लु र म्युज पर्पल रंग विकल्पमा उपलब्ध यो स्मार्टफोनमा डायनामिक रिङ डिजाइन, अल्ट्रा–थिन फ्ल्याट स्क्रिन तथा पातलो बेजल समावेश गरिएको छ ।

फोनमा ७,००० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज प्रविधि रहेको छ । कम्पनीका अनुसार यसले लामो समयसम्म ब्याट्री ब्याकअपका साथै छिटो चार्जिङ सुविधा प्रदान गर्छ । साथै, १.५के इन्फिनिटी एमोलेड डिस्प्लेले फोटो तथा भिडियो सामग्रीलाई जीवन्त र प्राकृतिक रंगसहित प्रस्तुत गर्ने दाबी गरिएको छ ।

८ जीबी + २५६ जीबी – रु ६२,९९९,  १२ जीबी + २५६ जीबी – रु ७२,९९९ vivo V50 FE दुई भेरियन्टमा उपलब्ध रहेको छ ।

यो स्मार्टफोन नेपालभरका vivo रिटेल स्टोर तथा दराजमार्फत खरिदका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले प्रारम्भिक ग्राहकका लागि विशेष अफरहरू पनि ल्याएको छ । पहिलो १,००० ग्राहकले एन्कर साउन्डकोर पी२०आई इयरबड्स निःशुल्क प्राप्त गर्नेछन् । त्यस्तै, पहिलो २,००० ग्राहकका लागि रु १९९ मा vivo Shield Protection Plan उपलब्ध गराइएको छ, जसअन्तर्गत ६ महिनासम्म एकपटक स्क्रिन रिप्लेसमेन्ट र एकपटक वाटर ड्यामेज प्रोटेक्सन सुविधा पाइनेछ ।

ग्राहकले vivo V50 FE लाई १२ महिनासम्मको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामार्फत पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

घट्यो सेयर काराेबार

१२ घण्टा अगाडि
नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

नेपालमा उबरकाे सेवा सुरु गर्ने घोषणा

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक