मङ्ल, बैशाख २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 परोपकारसँगै पोर्चुगलमा नेपाली खाना प्रवर्द्धन गर्दै सेफ टङ्क सापकोटा

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
 परोपकारसँगै पोर्चुगलमा नेपाली खाना प्रवर्द्धन गर्दै सेफ टङ्क सापकोटा

Viagem Nepal , 30 anos de gratidão. CAsa Nepalesa. Chef Tanka Sapkota

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लिस्बन । यो वर्ष  टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष पूरा हुँदै छ । यो  तीन दशकको यात्राको सम्झना गर्दै सापकोटाले  लिस्बनस्थित कासा नेपालेसा   रेस्टुरेन्टमा आफ्नो मातृभूमिको संस्कृति र खानपान प्रवर्द्धनसँगै परोपकारी अभियान पनि सुरु गरेका  छन् ।

आउँदो १२ महिनासम्म, हरेक महिनाको पहिलो बुधवार कासा नेपालेसामा नेपालको हिमाल, पहाडदेखि तराईसम्मका पाक परम्पराहरू झल्काउने  मेनु प्रस्तुत गरिनेछ । साथै  परम्परागत नृत्य र सङ्गीत पनि  प्रस्तुत गरिने छन् ।

सामाजिक उत्तरदायित्वका लागि परिचित सेफ सापकोटाले प्रत्येक साता निश्चित सिटबाट प्राप्त हुने  आम्दानी अनाथ बालबालिकाको लागि काम गरिरहेका एसओएस चिल्ड्रेन्स भिलेजेज पोर्चुगल  र एसओएस चिल्ड्रेन्स भिलेजेज  नेपाललाई प्रदान गर्ने घोषणा गरेका छन् ।

“यो वर्ष म पोर्चुगल आएको ३० वर्ष पूरा हुँदै छ । यहाँ मैले आफ्नो परिवार बनाएँ र रेस्टुरेन्टभन्दा बाहिर पनि विभिन्न  परियोजनाहरू कार्यान्वयन  गरेँ। आफ्नो पेसागत सीप वृद्धिका साथै व्यवसाय र समुदायलाई सक्दो सेवा गर्ने प्रयास गरेँ,” सापकोटाले भने।  पोर्चुगाली जनताले नेपाल र नेपाली प्रति दर्साएको माया र जन्मभूमिको सानो भए पनि सेवा गर्न मैले यो अभियान सुरु गरेको हुँ,” उनले थपे।

पोर्चुगलमा चार वटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सापकोटाको ‘फोर्नो दि ओरो’ नामक रेस्टुरेन्ट युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२औँ स्थानमा परेको थियो । लिस्बनस्थित उनको  रेस्टुरेन्ट ‘कासा नेपालेसा’ मा गत बुधवारदेखि सुरु भएको  अभियानले नेपाली मौलिक स्वाद र सांस्कृतिक वैभवमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने पनि लक्ष लिएको छ।

६ मे २०२६ बाट सुरु भएर मे ५, २०२७ सम्म चल्ने  यो शृङ्खलामा प्रत्येक महिनाको पहिलो बुधवार विशेष रात्रि भोज आयोजना गरिनेछ, जसको शुल्क ६० युरो प्रतिव्यक्ति तोकिएको छ ।

‘यो मेरो लागि एक विशेष पहल हो, जसलाई मैले ठूलो स्नेहका साथ अङ्गालेको छु,’ सापकोटाले भने । “हामी हाम्रा ग्राहकहरूलाई नेपालको हिमालदेखि तराईसम्मका परम्परागत क्षेत्रीय परिकारहरू पस्कने छौँ ।’

एसओएस चिल्ड्रेन्स भिलेज पोर्चुगलकी महानिर्देशक गुइडा मेन्डेस बर्नार्डोले यो अभियानलाई संस्कृति र सामाजिक जिम्मेवारीको प्रेरणादायी सङ्गम भनिन्।   त्यस्तै एसओएस चिल्ड्रेन्स भिलेजेज  नेपालका राष्ट्रिय निर्देशक गङ्गा बहादुर गुरुङले पोर्चुगलमा बसेर कमाएको सीप, सम्मान र श्रोत नेपालका बालबालिकाको हितमा परिचालन गर्ने सेफ सापकोटाको पहलको प्रशंसा गरे।

गत बुधवार  नेपालबाट आएका ६ जना कलाकारहरूले रोचक सङ्गीत र नृत्य प्रस्तुत गरेका थिए  भने  स्टार्टरदेखि डेजर्टसम्मका परिकारहरू परम्परागत रेसिपीमा आधारित थिए।  सेफ सापकोटाको  गृह गाउँ बागलुङको दामेकबाट ल्याइएको सिन्की   र नेपालबाट ल्याइएका अन्य सामग्रीहरूलाई पोर्चुगाली उत्पादनसँग संयोजन गरिएको थियो । कार्यक्रममा नेपालका तस्बिरहरू प्रदर्शन गरिएको थियो भने  तीन चरणको रात्रि भोजको  बीचमा  प्रत्यक्ष पर्फर्मेन्सहरु गरिएका थिए।   च्यारिटी डिनरमा लिस्बन महानगरका पूर्व मेयर समेत रहेका पोर्चुगलका पूर्व अर्थ मन्त्री फर्नान्डो मेदिना,  पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल लगायत विशिष्ट पाहुनाहरूको उपस्थिति थियो।

राजदूत पौडेलले टङ्क सापकोटाले आफ्नो क्षेत्रमा नाम कमाउनुका साथै नेपालीको छवि उच्च राख्न पनि योगदान पुराएको बताए । “पोर्चुगलमा बसेर नेपाली खाना, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्दै आएका सापकोटाले सुरु गरेको वर्ष दिन चल्ने परोपकारी अभियान निकै प्रशंसनीय छ।   यसले  पोर्चुगल र अन्यत्र बस्ने नेपाली उद्यमीहरूलाई पनि नेपालको सक्दो सेवा गर्न प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ,”  राजदूत पौडेलले भने  ।

सेफ सापकोटा जर्मनी र इटालीमा काम गरेर सन् १९९६ मा पोर्चुगल आएका थिए।  अन्तरराष्ट्रिय  रूपमा सम्मानित उनले सन् २०१९ मा “Knight of the White Truffle” को उपाधि प्राप्त गरेका थिए।  पोर्चुगलमा यो सम्मान पाउने उनी एक मात्र नेपाली हुन्।  पाककला उपलब्धिका साथै उनले धेरै सामाजिक परियोजनाहरू सञ्चालन गर्दै आएका छन्।

यो पनि पढ्नुहोस्

बजेटले आईटी क्षेत्रलाई बेवास्ता गर्‍योः स्वर्णिम वाग्ले

संसद् बैठकमा निदाएको वास्तविक हाेइन : अर्थमन्त्री वाग्ले

२ घण्टा अगाडि
राष्ट्रपति र सभामुखबीच भेटवार्ता 

राष्ट्रपति र सभामुखबीच भेटवार्ता 

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्ववियुको खारेजी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

बम विस्फोटमा सात जनाको मृत्यु

मातृभाषा पत्रकारिताबाट शकुन्तला पुरस्कृत

धनगढीको फोहरमैला व्यवस्थापन केन्द्र ‘भेरियसन अर्डर’ प्रक्रियामा

मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी  बालुवाको दर्जनाैं थुप्रो !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक