काठमाडौं । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ ।
प्रधानमन्त्री बालेनको आह्वानमा सोमबार बिहान साढे १० बजेदेखि सुरु भएको मन्त्रिपरिषद् बैठक भर्खर सकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
बैठकले सरकारले आजै ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ ।
सोमबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ।


