आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
चुनावी तालमेल नगर्ने प्रष्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर गरेका छन् । २६ औँ निर्मल लामा स्मृति सभामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने जनाए ।

‘हिजो यसो गर्‍यौं र त्यसो गर्‍यौं भनेर आजको आवश्यकता पूरा हुने अवस्था छैन,’ प्रचण्डले सम्बोधनका क्रममा भने ।

साथै, उनले नयाँ शिराबाट विचारात्मक, राजनीतिक, सांगठनिक हरेक दृष्टिकोणबाट ल्याउने प्रयास पनि भइरहेको सम्बोधनका क्रममा भने ।

‘कम्युनिस्ट आन्दोलनको ठूलो शक्तिलाई केन्द्रित गर्ने जमर्को पनि गर्‍यौं । त्यो पक्षमा धेरै क्रान्तिकारीले अनुमोदन गरे । जनताले पनि उत्साहका साथ अनुमोदन गरेको थियो । हामी निर्वाचनमा पनि झण्डै दुईतिहाइ बहुमतको नजिकै पुगेको थियो,’ प्रचण्डले सम्झना गरे ।

यसबाट नेपालका श्रमजिवी र कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा जनता पनि रहेको उनको धारणा थियो ।

‘यसले के देखाउँछ भने नेपालका श्रमजीवि जनता कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा छन् । ती प्रयास पनि लिडरसिपको तर्फबाट बेलामौकामा हुने गरेका छन् । तर त्यसलाई सुदृढ बनाउन जुन हिसाबको विकास हुनुपर्थ्यो त्यो पुगेको थिएन । पुगेन । परिणामत: दिगो र सफल हुन सकेन,’ प्रचण्डले भने ।

एकता र विभाजनका धेरै शृङ्खला हुँदै आजको दिनसम्म आएको बताउँदै अहिले एकताको आवश्यकता झनै विशेष रुपले अघि बढेको प्रचण्डको धारणा थियो ।

‘कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता छैन भन्ने होइन । एकता र विभाजनको थुप्रै शृङ्खला हुँदै आजसम्म आएको छ, सच्चा कम्युनिस्टको बीचमा एकताको आवश्यकता अहिले झन् विशेष रुपले बढेको छ,’ प्रचण्डले भने ।

अहिले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढे र देश अप्ठेरो अवस्थामा आइपुगेको प्रचण्डको धारणा छ ।

‘कम्युनिस्टलाई सखाप पार्ने जुन खेल भएका छन्, त्यो अझै सतहमा आएका छैनन् भन्ने मेरो बmुझाइ छ,’ प्रचण्डले भने ।

जानेर वा नजानेर हामीले श्रमजीवि वर्गप्रति घात गरेको नै उनले ठहर्‍याए । ‘हामीले आफैंलाई पहिला राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो भन्ने कुरा सच्याउने प्रयास गर्नु र नयाँ ढंगले आन्दोलन अघि बढाउन जरुरी छ,’ प्रचण्डले भने, ‘हामीले हिजो जसरी जनयुद्ध, जनआन्दोलन र अभियानका क्रमबाट जहाँ आइपुगेका थियौं अहिले फेरि परिस्थितिले एकताको आधार खोजी गर्न बाध्य पारेको छ ।’

यो पनि पढ्नुहोस्

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याइयाे

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याइयाे

४९ मिनेट अगाडि
काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

४ हजार ६३१ सवारी दुर्घटना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक