काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी बजेट अधिवेशनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आजदेखि आफ्ना सांसदहरूका लागि दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सुरु गर्दैछ।
पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यका अनुसार, यो दुई दिने प्रशिक्षण कार्यक्रम सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा सञ्चालन हुनेछ।
यसअघि चैत ३ र ४ गते ललितपुरको ग्वार्कोमा पार्टीले पहिलो चरणको आवासीय प्रशिक्षण आयोजना गरेको थियो, जसमा विभिन्न विषयविज्ञ र शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए।
सो कार्यक्रममा वरिष्ठ नेता बालेन शाहको अनुपस्थितिलाई लिएर राजनीतिक वृत्तमा केही आलोचना समेत भएको थियो।
गत फागुनको निर्वाचनमा १८२ सिट जितेको रास्वपाले आफ्ना अधिकांश प्रतिनिधिहरू राजनीतिक, संवैधानिक र कानुनी प्रक्रियामा नयाँ रहेकाले यस्ता प्रशिक्षण अनिवार्य ठानेको छ।


