काठमाडौं । विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतहरू पदमुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
विभिन्न देशमा रहेका अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
यस्तै बैठकले यही वैशाख २८ गते सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्र रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी बैठकमा अनिवार्य रुपमा उपस्थित हुनका लागि सांसदहरुलाई आह्वान गरिएको प्रवक्ता पोखरेलले बताए।
बैठकले अन्तराष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धि २०१४ र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धि महासन्धि, १९४७ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान पनि गरेको छ।


