आइत, असार २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

खुला तस्कर राज्यले हेरेर बस्न नसक्ने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 2 mins read
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकभर तस्करीको जालो फैलिएर ‘तस्करमय’ भएको टिप्पणी गर्दै यसलाई नियन्त्रण गर्न सरकारले चालेको कदममा केही लचकता अपनाउन सकिने संकेत गरेका छन्। आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको संवादका क्रममा लामिछानेले सीमा क्षेत्रमा भइरहेको खुला तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने स्पष्ट पारेका हुन्।

उनले तस्करी नियन्त्रणका लागि कडाइ गर्दा सीमावर्ती क्षेत्रका सर्वसाधारणमा केही असन्तुष्टि देखिएको स्वीकार गर्दै ती क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखेर नीतिगत पुनर्विचार भइरहेको जानकारी दिए। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको जीवनशैली वर्षौँदेखि वारिपारि गर्ने र सस्तो बजारबाट घरायसी सामान ल्याएर चलाउने प्रकृतिको रहेको लामिछानेको भनाइ छ।

यद्यपि, एकातिर उपभोक्ताले सस्तो खोज्ने र अर्कोतिर सीमावारिका नेपाली व्यवसायीहरूको लगानी डुब्ने अवस्था सिर्जना हुनु राज्यका लागि चुनौतीपूर्ण रहेको उनले बताए। स्वदेशी उद्यमी र व्यवसायीको व्यवसाय फस्टाउनु नै राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिँदै उनले विदेशी सस्तो बजारको प्रतिस्पर्धाले नेपाली बजार धराशायी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

सभापति लामिछानेले देशको अर्थतन्त्रलाई सही दिशामा ल्याउन तस्करी नियन्त्रण अनिवार्य सर्त रहेको उल्लेख गरे। उनले भने, ‘हाम्रो प्राथमिकता हाम्रा उद्यमी र व्यवसायीहरूको उन्नति हो, तर सँगसँगै आम सर्वसाधारणको जनजीवन पनि सहज हुनुपर्छ। यी दुई पक्षबीच तालमेल मिलाउन सरकारले गृहकार्य गरिरहेको छ।’

उनले उपभोक्ताको सहजता र व्यवसायीको सुरक्षाबिच सन्तुलन कायम गर्न केही समय लाग्न सक्ने भन्दै यसलाई सकारात्मक रूपमा लिन सरोकारवालाहरूलाई आग्रह गरे।

पछिल्लो समय सीमा नाकाहरूमा सुरक्षा जाँच र राजस्व संकलनमा गरिएको कडाइका कारण स्थानीय तहमा विरोधका स्वरहरू सुनिएका छन्। यसै सन्दर्भमा लामिछानेले राज्यले साना उपभोक्तालाई मर्का नपर्ने गरी ठुलो परिमाणको अवैध तस्करी रोक्न खोजेको दाबी गरे।

यो पनि पढ्नुहोस्

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट

७ घण्टा अगाडि
टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक