आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्वतन्त्र प्रेसविना जनविश्वास सुदृढ हुन नसक्ने

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
स्वतन्त्र प्रेसविना जनविश्वास सुदृढ हुन नसक्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसविना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने जनाएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ को अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन्।

मन्त्री तिमिल्सिनाले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा अर्थ्याएका छन्। लोकतन्त्रमा सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र र समाज सबैलाई जवाफदेही बनाउने सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने महत्त्वपूर्ण संस्था भएको उनको धारणा छ।

स्वतन्त्रतासँगै पत्रकारितामा जिम्मेवारी, व्यावसायिक मर्यादा र तथ्यप्रतिको प्रतिबद्धता उत्तिकै आवश्यक हुने मन्त्री तिमिल्सिनाले औँल्याएका छन्। ‘प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ,’ विज्ञप्तिमा उनले भनेका छन्।

आजको डिजिटल युगमा गलत सूचना, भ्रामक सामग्री, सामाजिक सञ्जालको दुरुपयोग र प्रविधिमार्फत हुने मनोवैज्ञानिक प्रभावजस्ता चुनौतीहरू बढिरहेको सन्दर्भ जोड्दै मन्त्री तिमिल्सिनाले यस्तो समयमा सत्य, तथ्य र सार्वजनिक हितलाई केन्द्रमा राख्ने पत्रकारिता अझ बढी आवश्यक भएको बताएका छन्। ‘समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक दिशामा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैँ महत्त्वपूर्ण रहन्छ,’ उनले भनेका छन् ।

मन्त्री तिमिल्सिनाले सत्य र जनहितका पक्षमा निरन्तर क्रियाशील सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति उच्च सम्मान व्यक्त गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको परम्परा थप सशक्त बन्ने विश्वास व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

खुला तस्कर राज्यले हेरेर बस्न नसक्ने

१ घण्टा अगाडि
सुकुम्वासीको व्यवस्थापन आगामी चैत मसान्तभित्र सम्पन्न गर्न सुझाव

सुकुम्वासीको व्यवस्थापन आगामी चैत मसान्तभित्र सम्पन्न गर्न सुझाव

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम

सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको योगदान अपरिहार्य

अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

स्वतन्त्र प्रेसविना जनविश्वास सुदृढ हुन नसक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक