शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल, भक्तपुर–२, मिबाछेंमा बुद्ध जयन्तिको पावन अवसरमा मुठीदान कार्यक्रम भव्य तथा भावपूर्ण वातावरणमा सम्पन्न भएको छ। वि.सं. २०७३ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि विशेष रूपमा आयोजना गरिएको हो।

कार्यक्रममा भक्तपुरस्थित मुनिविहारका भिक्षु तथा श्रामणेरहरूको गरिमामय उपस्थिति रहेको थियो। महागुरु, गुरु तथा श्रामणेर गरी २९ जना अतिथिहरू तथा ६ जना सेवक–सेविकाहरूको आतिथ्यमा सम्पन्न कार्यक्रममा एभरेस्ट इङ्लिस स्कुल र भगिनी संस्था एभरेस्ट भक्तपुर स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रह्यो।

बुद्धवाणी, शील प्रार्थना तथा धम्मोपदेशले विद्यालय परिसरलाई शान्त, गम्भीर र करुणामय वातावरणमा रूपान्तरण गरेको अनुभूति सहभागीहरूले गरेका थिए। भिक्षुहरूको प्रत्यक्ष उपस्थितिले कार्यक्रमलाई अझ जीवन्त र भावनात्मक बनाएको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा विद्यालयका संस्थापक प्रिन्सिपल श्री भक्तराज भण्डारीले बालबालिकामा दान, सेवा र संवेदनशीलताको भावना विकास गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। “एकजनाले दिए मुठी, धेरैले दिए मुरी” भन्ने सन्देशले सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुने उहाँले प्रस्ट पार्नुभयो।

यसै क्रममा भक्तपुर मुनिविहारका तर्फबाट विपस्वी महास्थाविरका साथै स्वदेश विदेशबाट पाल्नु भएका गुरुहरुले बुद्ध दर्शनसम्बन्धी प्रेरणादायी धम्मोपदेश प्रस्तुत गर्नुभएको थियो, जसलाई उपस्थित सबैले अत्यन्त चासोपूर्वक श्रवण गरेका थिए।

कार्यक्रमबाट संकलित रु. २०,९७०/- नगदसहित ४ मुरी चामल, २ बोरा बिस्कुट, १ बोरा साबुन, १ बोरा दाल, १ बोरा चिउरा, २ बोरा नुन, १५ दर्जन कापी, १५ दर्जन कलम तथा पेन्सिल तथा फलफूल लगायतका सामग्रीहरू भक्तपुर मुनिविहारलाई हस्तान्तरण गरिएको छ।

यो पनि पढ्नुहोस्

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

३३ मिनेट अगाडि
एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक