मङ्ल, मंसिर ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आजदेखि चितवनमा ‘अटो शो’

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
आजदेखि चितवनमा ‘अटो शो’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन ।  आजदेखि चितवनमा ‘अटो शो’ आयोजना भएकाे छ।

चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल्स एसोसिएसनको संयुक्त आयोजनामा वैशाख २१ गतेसम्म प्रदर्शनी आयोजना हुनेछ । चितवन अटोमोबाइल्स एसोसिएसन (काडा) का अध्यक्ष इन्द्रप्रसाद रेग्मीले यस प्रदर्शनीले सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउने र अर्थतन्त्रमा सकारात्मक उर्जा थप्ने दाबी गरे। आयोजकले यहाँ गर्न लागेको प्रदर्शनी काठमाडौं बाहिरको सबैभन्दा उत्कृष्ट रहने दाबी गरेको छ।

अटो शोका संयोजक राजन पियाका अनुसार करिब १० हजार दर्शकले अवलोकन गर्ने र ५० करोड रूपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। प्रदर्शनीमा साना-ठूला गरी विभिन्न ब्रान्डका कार, जिप, मोटरसाइकल र स्कुटरका ७५ वटा स्टल रहनेछन्। विशेष गरी विद्युतीय सवारी र नवीन प्रविधिहरूबारे उपभोक्तालाई सूचित र आकर्षित गर्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको पियाले जनाए।

मेलामा बैंक तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहने हुनाले ग्राहकले ‘अन-द-स्पट’ फाइनान्स र इन्स्योरेन्सको सुविधा पाउनेछन्। यसका साथै पुराना ‘भेन्टेज’ गाडी र महँगा ‘बिग बाइक’ को प्रदर्शनी, मोटरसाइकल स्टन्ट, जिमखाना र टिडिएस र्‍याली मेलाका थप आकर्षणका रूपमा रहेको पियाले बताए। प्रदर्शनीमा ‘अटो सेमिनार’ र विद्यार्थीहरूलाई लक्षित गरी ‘हेल्मेट प्रयोग सचेतना’ कार्यक्रम पनि गरिँदैछ। सो क्रममा एक सय जना विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको हेल्मेट वितरण गरिने संयोजक पियाले जनाए।

आयोजक संस्था चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहन केसीका अनुसार गत वर्षको प्रदर्शनीमा एक सय बढी गाडी प्रदर्शनी स्थलबाटै बुकिङ भएका थिए। यस वर्ष दुई सय गाडी बुकिङ हुने अपेक्षा गरिएको उनले बताए। कार्यक्रमलाई महिन्द्राले मुख्य प्रायोजन र एमजीले सह-प्रायोजन गरेका छन्।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जिवी सुवेदी र उद्योग संघ चितवनका अध्यक्ष मदन घिमिरेले यस प्रदर्शनीले चितवनको बजारलाई चलायमान बनाउने र हाल देखिएको आर्थिक मन्दीमा बजारलाई गति दिने विश्वास व्यक्त गरे।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

३ घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक