काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय सदनको दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
वेशाख १७ गतेदेखि आह्वान भएको अधिवेशन बजेटमा केन्द्रित हुनेछ।
चैत १८ गते राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संसद्को अधिवेशन अन्त्य गरेका थिए ।
यस अधिवेशन अब बजेटमा केन्द्रित हुनेछ ।
जेठ १५ भित्र संसद्बाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ।


