मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

विदेशमा पढेर आएका विद्यार्थी काउन्सिलको परिक्षामा कमजोर साबित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्वतन्त्र विद्यार्थी युनियन  निर्वाचनमा रङ्रोगन र पोस्टर टासेर प्रचारप्रसार गर्न नपाइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। इन्जिनिरिङ काउन्सिलले सञ्चालन गरेको इन्जिनियरिङ व्यवसाय दर्ता परीक्षामा विदेशमा पढेर आएका विद्यार्थीको अवस्था कमजोर देखिएको छ । विशेषगरी भारतलगायत विदेशी मुलुकमा स्नातकसम्म अधययन पूरा गरेका धेरै विद्यार्थी काउन्सिलले सञ्चालन गरेको परीक्षामा अनुत्तीर्ण भएका छन् ।

विदेशमा अध्ययन गरी फर्केका ३ सय ७८ मध्ये ५८ जना अर्थात् १५ दशमलव ३ प्रतिशत मात्र काउन्सिलको परीक्षामा उत्तीर्ण भएका छन् । काउन्सिलले पहिलोपटक चैत १२ र १३ गते लिएको परीक्षामा ७१ प्रतिशतभन्दा बढी अनुत्तीर्ण भएका थिए । १ हजार ९ सय ८१ जनाले उक्त परीक्षा दिएकोमा ५ सय ६५ जना मात्र उत्तीर्ण भएका थिए । परीक्षाका लागि २ हजार ६ जनाले आवेदन दिएकामा झण्डै ५० प्रतिशतले मात्र परीक्षा दिएका थिए । परीक्षामा सहभागीमध्ये ११ जनाले परीक्षाको रोलनम्बर लेख्न छुटाएका कारण उनीहरूको परीक्षा रद्ध गरिएको थियो ।

सय पूर्णाङ्कको परीक्षामा ५० प्रतिशत ल्याए मात्र उत्तीर्ण हुने प्रावधान थियो । परीक्षामा त्रिभुवन विश्वविद्यालयका सय जनाले परीक्षा दिएकोमा ४६ जना अर्थात् ४६ प्रतिशत उत्तीर्ण भएका थिए । त्यसै गरी पूर्वाञ्चल विश्वविद्यालयका ४ सय ७१ जनाले परीक्षा दिएका थिए जसमा १ सय ४१ जना अर्थात् २९ दशमलव ९, पोखरा विश्वविद्यालयका १ हजार १३ परीक्षार्थीमध्ये ३ सय ११ जना अर्थात् ३० दशमलव १ र काठमाडौं विश्वविद्यालयबाट २ जनाले परीक्षा दिएकोका १ जना अर्थात् ५० प्रतिशत उत्तीर्ण भएका थिए । त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयका ४१ जनाले परीक्षा दिएकोमा ७ जना अर्थात् १७ प्रतिशत उत्तीर्ण भएका छन् । सुदूरपश्चिमबाट भने १ जनाले मात्र परीक्षा दिएका थिए र उनी उत्तीर्ण पनि भए ।

इन्जिनियरिङ परिषद् ऐन २०५५ को पहिलो संशोधन २०७९ ले गरेको व्यवस्थाअनुसार परिषद्ले पहिलोपटक अनुमतिपत्रको लागि परीक्षा सञ्चालन गरेको हो । तथ्याङ्कअनुसार नेपालमा इन्जिनियरिङ विषय पढाइ हुने ६० भन्दा बढी कलेजबाट वर्षेनी ९ हजार विद्यार्थीले इन्जिनियरिङ विषयमा उच्च शिक्षा हासिल गर्नेगरेका छन् । परिषद्का अनुसार अहिलेसम्म शैक्षिक प्रमाणपत्रका आधारमा करिब ७७ हजारले लाइसेन्स लिइसकेका छन् ।

२९ जेठ २०७६ मा दर्ता भएको उक्त विधेयक राष्ट्रिय सभाबाट सोही वर्ष पुस १४ गते पारित भएर फेरि प्रतिनिधिसभामा फर्केको थियो । राष्ट्रिय सभाबाट पारित भएको ३० महिनापछि यसै वर्षको साउन ४ गते प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको थियो । ऐन आएको ८ महिनापछि परिषद्ले परीक्षा सञ्चालन गरेको हो । नेपाल समाचारपत्र दैनिकबाट

यो पनि पढ्नुहोस्

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

१६ घण्टा अगाडि
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक