बुध, बैशाख १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

प्रकृतिसँग जोरी खोजेर सक्किने कि सम्हालिने बाटो पक्रिने ?

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
धेरै बष पहिले नै माक्र्सबादका सह–प्रबर्तक फेडरिख एंगेल्सले ‘बादरबाट मानिस बन्नमा श्रमको भूमिका’ नामक अत्यन्तै पठनीय पुस्तिकाम सारमा भनेका थिए  कि ‘प्रकृतिमाथि बिजय गर्नु भनेको प्रकृतिका अधशासित नियम(गभर्निङ्ग ल अफ नेचर) बुझ्नु र तिनको  पालन गरेर हिड्नु हो । त्यस बिपरीत गएमा प्रकृतिले अपूर्ब रोगब्याधी, प्रलयकारी बाढी पहिरो, थामिनसकनु आँधीबेरीकासाथ अनेक अपूर्ब काण्ड मच्चाएर  निर्मम बदला लिन्छ र बिनाश निम्त्याउँदछ’ । हामी प्रकृतिका स्वभाबिक सन्तान भएको हुनाले यस बारे गहिरो ज्ञान लिनु स्थिति के छ भनेर बुझ्नु सार्थक र  उपयोगी नै हुन्छ ।
 हुन पनि  बितेको एक सय पच्चास बर्षदेखियताको बिश्वको स्थिति हेर्दा त्यस्तै देखिएको छ ।  हुन पनि जतिबेला औद्योगिक क्रान्तिको बिकासको गति शुरु भएको थियो  र अझ तीब्रतर हुदै आएको थियो त्यसले प्रकृतिमाथि बिजय प्राप्त गर्ने ठूलो होड नै मच्चाउन थालेको थियो । यसरी जतिबेला बिकसित उपकरण र  यन्त्रहरुबाट नियन्त्रित निर्माण शक्ति  मानिसको हातमा पर्नगयो त्यतिबेलादेखि बिकासको परिभाषा पनि बिस्तारै  बिस्तारै बदलिन थाल्यो । प्रकृतिमाथि जथाभाबी गर्ने क्रम झनपछि झन बढ्दै गयो । त्यो क्रम रोकिएन ।
बदलिदो यस स्थितिको सामना गर्नका लागि तत्कालैदेखि  गम्भीर प्रयत्न गरिनु अत्यावश्यक थियो र छ ।तर आज जलवायु समस्या नियन्त्रण समझौताको त्यो महत्वपपूर्ण बिषयबाट धेरै देशहरुले मुख मोडिरहेका छन् । अनि जसले मानिरहेका छन् तिनले पनि‘हरित गृह प्रभाव ग्यास’ उत्सर्जनमा कटौतिका लागि स्वघोषित लक्षसम्म मान्ने कुरा मात्र  गरिरहेका देखिन्छ । यस स्थितिबाट बाहिर निस्केर केही आबश्यक कदम उठाउनु पर्ने टडकारो र गम्भीर आवश्यकता बनेको औल्याइन्छ र देखिन्छ पनि  । प्रकृतिमाथि बिजय प्राप्त गर्ने भन्ने जुन होड बितेको डेढ सय बर्ष यता औद्योगिक क्रान्तिलाई तीब्र पार्न भनेर मच्चाउन थालियो त्यसयता गुणात्मक जीवनको साटो बाहुल्यतालाई बिकास भनिन थाल्यो र बिकासको परिभाषा नै बदलियो ।यसरी प्रकृतिमाथि घोर दुब्र्यबहार गरेर चल्ने अन्तहीन सिलसिला चलाउने क्रम शुरु भयो र त्यो निरन्तर जारी छ ।
हुन पनि आम उत्पादन(मास प्रोडक्शन)का लागि प्रकृतिको दोहन नगरी कुनै उपाय पनि थिएन । त्यसैले प्रकृति–प्रदत्त श्रोत साधनको असीमित दोहन चल्न थाल्यो । उपनिबेशबादको काल खण्डमा त कम मेशिन शक्ति भएका देशहरुमाथि तथाकथित बिकसित भनिने धेरै मेशिन भएका देशहरुद्वारा कब्जा गरियो र तिनको प्राकृतिक श्रोत साधनमाथि निर्ममतापूर्बक दोहन र शोषण गर्न शुरु गरियो । सभ्य भनिने देशहरुद्वारा कमजोर र पिछडिएका देशहरुका निवासीहरुलाई यस्तो किसिमले प्रताडित  गरियो कि तिनका सभ्यताहरुलाई नै असभ्य घोषित गरेर नष्ट पार्ने काम जसरी गरियो त्यो स्वयंम नै बिश्व मानब इतिहासमै एउटा घिनलाग्दो इतिहासको अध्याय बनेर रहेको छ । त्यस  क्रूर यथार्थको अबशेषहरु अहिलेसम्म पनि अमेरिका  र अष्ट्रेलियाका मूल निवासीहरुमा देख्न, सुन्न र अनुभव गर्न पाइन्छ । तर अब अहिलेको आधुनिक भनिएको सभ्यता भने त्यो कथित बिकासको  आफ्नै भारबाट भस्मासुरले जस्तै नष्ट हुने दिशामा बढ्दै गइरहेको प्रतीत भइरहेको छ । यो शोषण  र दोहनमा खडा भएको सभ्यताले  आफ्नै मूलमा आघात पु¥याउन शुरु गरेको  छ र त्यो अबश्यंभवी छ । यद्यपि बैज्ञानिक बिकासको समझदारीका कारणले यो गलत दिशाका बारेमा कुरा बुझ्न पनि आवश्यक र आधार तयार  भइरहेको छ । तर बिज्ञानको दुरुपयोग अझै पनि प्रकृति बिनाशक शक्तिकोरुपमा नै गरिदै गरेको देखिन्छ ।
यस परिप्रेक्षमा बिश्वका सबैभन्दा बिद्वान बैज्ञानकिहरुलाई युद्ध–बिज्ञानको बिकासमा संलग्न गराउन  थालियो । निर्णय लिने मानिसहरु त आदिम क्रूर मानसिकताकै बाहक बन्ने गरेका छन् र हुन् । जसको हातमा  मेशिन छ त्यो बिज्ञान, प्रकृति र प्राणी समाजसँग मनोमानी गर्ने हतियार बन्न गयो । यसरी ज्ञान, सुख र शान्तिको बाहक बन्नुको साटो युद्ध र क्रूरताको संबाहक बन्न गयो । यस प्रकारको अबाञ्छित स्थितिमा ‘संयुक्त राष्ट्र पर्याबरण कार्यक्रम’को सातांै नैरोबी अधिवेशनमा प्रस्तुत गरिएको ‘ग्लोबल आउटलुक २०२५’को प्रतिबेदनले पर्यावरणसँग गरिदै गरेको यस प्रकारको निर्मम दुब्र्यबहारलई नै उजागर गर्दछ र आ–आफ्नो तरीकारले मानब समाजलाई गम्भीर  पुनर्बिचार गरेर संशोधित र सुरक्षित गर्ने दिशा नै देखाउँदछ ।
वास्तबमा जलवायु परिबर्तनले प्रकृतिसँग गरिदै रहेको जथाभाबी निर्मम दुब्र्यबहारको प्रतिकृयाकोरुपमा उत्पन्न एउटा ठूलो खतराको चूनौति प्रस्तुत गरिरहेको छ । यो मशिनीकरण या यान्त्रिकरणलाई कायम राखेर चलाइराख्नका लागि जुन ऊर्जा ठूलो मात्रामा आवश्यकता छ त्यो जीवाष्म इनधनबाट पैदा गरिदैछ र तयार हुने गर्दछ । यसको उत्पादन प्रकृयामा ठूलो स्तरमा धुवाँ र बिषालु ग्यासहरु उत्सर्जित हुने  गर्दछन् । जसले ‘हरित गृह प्रभाव’पैदा गरेर वायुमण्डलको तापमानमा अप्रत्याशित बृद्धि गर्ने गर्दछ र  गरिरहेको छ । यो तापमान बृद्धिबाट पूरै जलवायुको सन्तुलन नराम्रोसँग खल्बलिएको, चर्मराएको या हल्लिएको छ । हिम नदीहरु पग्लिएर समाप्त हुने र जलसंकट अझ बढ्ने स्थिति बिकसित हुन पुगेको छ । अनि कतै अतिबृष्टि त कतै अनाबृष्टि भएर पनि थप समस्या बढिरहेका छन् ।
जलवायु  सम्बन्धि एक बिश्व प्रतिबेदनका अनुसार दुइ बर्ष अघि २०२४ मा ‘हरितगृह प्रभाव ग्यासहरु’को उत्सर्जनबाट १.५डिग्री सेण्टीग्रेटसम्मको तापमक्रम बढेर १.५५ डिग्री सेण्डीग्रेट हुनपुग्यो । यस गतिले बृद्धि हुँदा जलवायुमा अत्यन्तै नराम्रो  प्रभाव परिरहेको छ र अझै अगाडि यो प्रभाव बढ्दै नै जाने प्रबृत्ति देखिएको छ  । यदि यो तापमान बृद्धिलाई रोकिएन भने यसले गर्दा जैबिक बिबिधतामाथि पनि अत्यन्तै नकारात्मक असर पर्न जाने र अपूर्ब संकट निम्तिने ज्ञाताहरुले बताइरहेका छन् । यसबाट कम्तिमा पनि १० लाख प्राणीहरु बिलुप्त हुने खतरा पैदा भएको छ । अनि २० देखि ४० प्रतिशत बिश्वको उब्जाउ हुने भूभाग उत्पादन नहुने बञ्जर भूमिमा परिणत हुने खतरा शुरु भइसकेको बताइएको छ । यसबाट प्रतक्षतः ३०० करोड मानिस प्रभावित हुनजाने बताइएको छ ।
जलवायुसँग जोडिएका यस्ता भीषण  घटनाहरुको कारण अहिले नै जनधनको ठूलो  क्षति भइरहेको छ ।आर्थिकरुपले भन्नुपर्दा बर्षेनी १४,३०० करोड डलर बरोबरको नोक्सानी बितेको दुइ दशकदेखि  भइरहेको बताइएकोछ । वायु प्रदुषणका कारण गएको २०१९ मै स्वास्थ्य सम्बन्धि आर्थिक नोक्सान मात्रै ८.२ ट्रिलियन डलर पुगेको तथ्यांक प्रकाशित गरिएको थियो । यो पूरै बिश्व अर्थ –ब्यवस्थाको  ६.१प्रतिशत हो । यस बीचमै ९० लाख मानिसहरुको मृत्यु प्रदुषणका कारणबाट भएको छ  । बिश्वमा ८० हजार लाख टन प्लास्टिकको मात्रै फोहोर मैला थुप्रिन पुगेको छ जसबाट गम्भीर रासायनिक तत्वसँग सम्पर्क हुन गएको र बर्षेनी यसबाट  १.५ ट्रिलियन डलर बार्षिक आर्थिक नोक्सानी पुगिराखेको छ । अर्कोतिर ‘नानो’ प्लास्टिक तत्व मानिसको शरीर भित्र घुसेर स्वास्थ्य सम्बन्धि गम्भीर समस्या खडा भइरहेको छ । अनुमान गरिए अनुसार यदि २०४० सम्ममा तापमान बृद्धि २ डिग्री सेण्डीग्रेट पुग्न गयो भने जलवायु परिबर्तनका कारण पारिस्थतिक ब्यवस्था अर्थात् ‘इको–सिस्टम’मा अपूरणीय बिनाश हुन पुग्नेछ । यसबाट अत्याधिक ठूलो संख्यामा बिस्थापनको समस्या आइपर्ने छ । अर्थ–ब्यवस्था लथालिङ्ग हुनसक्नेछ ।अनि त्यसबाट थप गरीबी, बेरोजगारी, अभाव,असुरक्षा र अस्थिरता बढ्न जानेछ  । उर्बर जमिन नष्ट हुनजाँदा जैब बिबिधताको नाश अनिकाल, पौष्टिक आहारामा कमी, सामाजिक असन्तोष र द्वन्द्व अझ बढ्न जानेछ । स्थिति सोचेभन्दा धेरै सम्हालिनसक्ने बन्ने डरलाग्दो खतरा सामुन्नेमा छ । लामो खोज अनुुसन्धान पछि निकालिएको यो निष्कर्शप्रति बिश्वका सरकार र समाजले समयमै गम्भीर ध्यान दिएनन् भने प्रलयभन्दा अरु कुनै बिकल्प बाँकी रहने छैन । महान् दार्शनिक एंगेल्सले औल्याएको यथार्थलाई सहीरुपमा बुझौं । अन्यथा प्रकृति हाम्रो बिरुद्ध खडा हुनेछ । खबरदार !

यो पनि पढ्नुहोस्

नेपाली सेनाले ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

३ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपा सांसदलाई दिएका १२ निर्देशन

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक