काठमाडौं । व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरिएको छ । सर्वोच्च अदालतले आज सो आदेश गरेको हो ।
गोल्छाकी पत्नीले श्रीमानलाई गैरकानूनी थुनामा राखिएको आरोपमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । उक्त रिटमा सुनवाइ गर्दै नृपध्वज निरौलाको इजलासले सरकारको लिखित जवाफ मागेको हो ।
अनुसन्धानका क्रममा म्याद थपका लागि पेश भएको फाइल पनि सँगै पेश गर्न इजलासले आदेश गरेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले नेपाल प्रेसलाई बताए । गोल्छालाई नेपाल धितोपत्र बोर्डको छानविन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि भन्दै सीआइबीले नियन्त्रणमा लिएको थियो ।
सीआइबीले व्यवसायी दीपक भट्टले विभिन्न व्यक्ति तथा निजी कम्पनीबाट सस्तोमा सेयर खरिद गरी तिनको मूल्य बढाएर बीमा कम्पनीहरूलाई विक्री गर्ने गरेको बोर्डको प्रतिवेदनमा उल्लेख छ । भट्टराई यसअघि नै सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेर हिरासतमा छन् । गोल्छाले उनको गलत कार्यमा सहयोगी भूमिका खेलेको प्रहरीको आरोप छ ।


