मङ्ल, बैशाख १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
0
रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रेडियो सञ्चालकहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (वान) भित्रको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेको छ । आर्थिक अनियमितता, अनुशासनको कारबाही र संस्थागत आधिकारिकताको लडाइँले गर्दा यो संस्था विभाजनको सँघारमा पुगेको मात्र छैन, दुई पक्षले छुट्टाछुट्टै अधिवेशन आह्वान गरेपछि सदस्य रेडियो सञ्चालकहरू अन्योलमा परेका छन् । नेपाली निजी रेडियोहरूको छाता सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान) अहिले गम्भीर आर्थिक अपराध, कार्यकक्षमै हातहालाहाल र संस्थागत कब्जाको ‘चेपुवा’मा परेको छ । संस्थाका जिम्मेवार पदाधिकारी नै लाखौँ रुपैयाँ हिनामिना र मानव तस्करी जस्तो जघन्य अपराधमा मुछिएको तथ्य बाहिरिएपछि वानको विवाद प्रहरी र प्रशासनको ढोकासम्म पुगेको हो ।
९ लाखभन्दा बढी नगद व्यक्तिगत खातामा, बिल–भौचर गायब
विवादको मुख्य जरो २०८० माघ ३ गते बसेको सचिवालय बैठकमा पुगेर जोडिन्छ । संस्थामा व्यापक आर्थिक अनियमितता भएको भन्दै छानबिन समितिको प्रतिवेदनमाथि छलफल सुरु भएपछि तत्कालीन महासचिव नवीन राईले संस्थाको विधान विपरीत कार्य गरेको र कार्यालयमा ताल्चा लगाएको आरोप लागेको थियो । छानबिन समितिले राईले करिब ९ लाख ५५ हजार ७ सय ७६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदन सार्वजनिक गरेपछि उनलाई कारबाही गरिएको थियो ।
तर, तिनै कारबाहीमा परेका राईले आफू नै आधिकारिक रहेको दाबी गर्दै २१औं साधारण सभा तथा आठौँ अधिवेशन आह्वान गरेपछि विवादले उग्र रूप लिएको हो । यति मात्र होइन, महासचिव राईमाथि यसअघि नै मानव तस्करीको आरोप लागेको र सो सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी समेत रहेको बुझिएको छ।
कोषाध्यक्षको वासलातमाथि प्रश्न
संस्थाको तेस्रो केन्द्रीय कार्यसमितिको बैठकमा आर्थिक अनियमितताको विषय उठ्दा पदाधिकारीहरूबीच हातहालाहाल समेत भएको छ। स्रोतका अनुसार कोषाध्यक्षले बुझाएको प्रारम्भिक वासलात (द्यबबिलअभ क्जभभत) मा समेत व्यापक फेरबदल र कैफियत पाइएको छ। उक्त वासलातको आधिकारिकता जाँच गर्न ‘फरेन्सी जाँअधिवेशनः वैधानिकताको लडाइँने तयारी भइरहेको छ, जसले आर्थिक म्यानुपुलेसन भएको पुष्टि गर्ने आधार दिनेछ ।
*दुई समानान्तर अधिवेशनः वैधानिकताको लडाइँ
आर्थिक अनियमितता र साइबर क्राइमसहितका गम्भीर आरोप खेपिरहेका पदाधिकारीहरूले अहिले संस्थाको लेटरप्याड दुरुपयोग गर्दै अनधिकृत रूपमा महाधिवेशनको भ्रम फैलाइरहेका छन्। उता* संस्थाका अध्यक्ष कुमार भट्टराईले भने वैशाख २४ र २५ गते पोखरामा महाधिवेशन गर्ने निर्णय भइसकेको जानकारी दिएका छन् ।

अध्यक्ष भट्टराईले प्रश्न गरेका छन् ‘केन्द्रीय समितिको बैठक बसेको छैन, लेखा परीक्षण (ब्गमष्त) भएको छैन, आर्थिक हिनामिनाको उजुरी प्रशासनमा छ, यस्तो अवस्थामा कारबाहीमा परेका व्यक्तिले कसरी अधिवेशन गर्न सक्छन्? यो सरासर भ्रम र गैरकानुनी कार्य हो ।’
प्रशासन र प्रहरीको निगरानीमा ‘वान’
अहिले यो विवाद जिल्ला प्रशासन कार्यालय काठमाडौँ र कास्कीमा पुगेको छ । नक्कली सदस्य खडा गर्ने, संस्थाको कागजात किर्ते गर्ने र आर्थिक हिसाब मिलान नगर्ने समूहविरुद्ध प्रशासनले कडा निगरानी थालेको छ। वरिष्ठ उपाध्यक्ष उज्ज्वल आचार्य र नवीन राई समूहले आफूलाई आधिकारिक दाबी गरे पनि आर्थिक प्रतिवेदन र विधानको पालनाका आधारमा उनीहरूको दाबी कमजोर देखिएको छ ।
रेडियो जस्तो जिम्मेवार सञ्चार माध्यमको नेतृत्व गर्ने संस्थाभित्र देखिएको यो ‘सिन्डिकेट’ र आर्थिक अपराधले रेडियो सञ्चालकहरूको शिर निहुराएको छ ।

यो पनि पढ्नुहोस्

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

१ दिन अगाडि
गजलकार अन्जानको चाँदनी सार्वजनिक

गजलकार अन्जानको चाँदनी सार्वजनिक

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ चलचित्र ‘गौथली’ आउँदै

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत

६५ मिटर मापदण्डविरुद्ध फेवाताल पीडित पुनः सर्वोच्चमा, पुनरावलोकनको माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक