काठमाडौं । सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।
सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । संवैधानिक परिषद् लगायतका अध्यादेश ल्याउन लागिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए । तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।


