शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वराजा ज्ञानेन्द्र पाेखरा भ्रमणमा जाँदै

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । राजतन्त्र अन्त्य भएको ठिक दुई दशकपछि आफूले शासनसत्ता सुम्पिएकै दिन पारेर पूर्वराजा ज्ञानेन्द्र पाेखरा भ्रमणमा जाने भएकाे छ ।

देशमा भएको जेनजी आन्दोलनको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीकको झण्डै दुईतिहाइको बहुमतसहित बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि ज्ञानेन्द्र पहिलो पटक भ्रमणमा निस्किएका छन् । राजदरबार छाडेर देशको लोकतन्त्र आएको दिन पारेरै पूर्वराजा आज पोखरामा भ्रमणमा जान लागेकाे हाे ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुन:स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेकै दिन उनले सक्रियता बढाउन लागेको उनको भ्रमण व्यवस्थापन समितिको धारणा छ ।

भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले पूर्वराजाको यसपटकको भ्रमण अर्थपूर्ण रहेको बताए ।

पूर्वराजा कम्तिमा २ हप्ता पोखरा बस्ने यसपटकको भ्रमणबाट राजनीतिक हिसाबले पनि सन्देश दिने उनले बताए ।

२०८१ माघ २७ गते पोखरा भ्रमणमा आएका ज्ञानेन्द्र २ साता बसेर फर्किँदा राजावादीहरुले काठमाडौं विमानस्थलमा ठूलो शक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए ।

केशव भण्डारीको संयोजकत्वमा पूर्वराजा ज्ञानेन्द्रको भ्रमण व्यवस्थापन समिति बनेको खनालले जानकारी दिए ।

पूर्व राजा ज्ञानेन्द्र कम्तिमा २ हप्ता पोखरा बस्ने कार्यक्रम छ । पूर्वराजाले पोखरा बसाइँका क्रममा धार्मिक मठमन्दिरको दर्शनदेखि यसपटक राजनीतिक भेटघाटसमेत गर्ने स्रोतले जनाएको छ । पोखरा लेकसाइडमा भर्खरै निर्माण सकिएको सोल्टी होटलमा पूर्वराजा ज्ञानेन्द्र बस्ने छन् । पोखरामा यसअघि पेनेन्सुला होटल सञ्चालन गरेका खेम ढकालले लेकसाइडमै निर्माण गरेको होटल पाँचताले होटल सोल्टी ग्रुपले व्यवस्थापन तथा सञ्चालन हेरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र त्यही होटलमा बसेर पोखराका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाईसमेत भेटघाट गरेर यसपटक राजनीतिक सन्देशसमेत दिने उनीनिकट स्रोतले जानकारी दिएको छ ।

‘नेपाली कांग्रेसभित्र ठूलो शक्ति हिन्दुराज्य र राजसंस्थाको वकालत गरिरहेको छ । पूर्वराजाले यसपटक कांग्रेसका त्यस्ता नेताहरुलाई पनि भेट्नु हुनेछ । एमालेका नेता र माओवादीकै पूर्व नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ,’ ज्ञानेन्द्रको भ्रमण व्यवस्थापन दलका एक सदस्यले भने ।

पूर्वराजा ज्ञानेन्द्र आज सोल्टी होटलमा बस्ने र औपचारिक कार्यक्रम पनि नभएको सचिवालयले जनाएको छ । उनको पोखरा भ्रमणलाई लिएर सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

यो पनि पढ्नुहोस्

जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

१८ मिनेट अगाडि
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

कूटनीतिक दिवस आज मनाइँदै

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमतिमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु

आकस्मिक अनुगमन गरी उपभोक्ता ठग्नेलाई जरिबाना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक