मङ्ल, असार २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देउवा पक्षले अदालतको फैसलालाई आत्मसात् गर्ने निर्णय

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 2 mins read
0
देउवा पक्षले अदालतको फैसलालाई आत्मसात् गर्ने निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई आत्मसात् गर्ने निर्णय गरेको छ।

शनिबार बसेको देउवापक्षीय नेताहरूको अनौपचारिक बैठकले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सम्मान गर्दै अघि बढ्ने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले फैसलाका कतिपय आधारहरूमा आफूहरूको असन्तुष्टि र विरोधाभास रहे तापनि न्यायलयको आदेशलाई शिरोधार्य गर्ने बताए। उनले भने, ‘नेपाली कांग्रेसले सधैँ विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्दै आएको छ। फैसलामा उल्लेख गरिएका कतिपय विषयमा हाम्रा पर्याप्त विमति भए पनि अदालतको निर्णयलाई हामीले आत्मसात् गरेका छौँ।’ 

अदालतको फैसलासँगै अब पार्टी सञ्चालन र एकताको सम्पूर्ण जिम्मेवारी गगन थापा नेतृत्वको कार्यसमितिको हातमा पुगेको देउवा पक्षको ठहर छ। बैठकले अबको राजनीतिक निकास र पार्टीलाई भावनात्मक रूपमा एकताबद्ध बनाउने दायित्व नयाँ नेतृत्वकै हुने स्पष्ट पारेको छ।

‘हिजोसम्म शेरबहादुर देउवाको खुट्टामा बल थियो भने अब अदालतले त्यो बल गगन थापाको खुट्टामा हालिदिएको छ,’ विश्वकर्माले भने, ‘अब उहाँले पार्टीलाई कसरी एकताबद्ध बनाउनुहुन्छ, कसरी सबै पक्षलाई समेटेर ठूलो पार्टी बनाउनुहुन्छ, त्यो उहाँकै हातमा छ।’

विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादका कारण विगत ५–६ महिनादेखि कांग्रेसभित्र तीव्र अन्तरद्वन्द्व चर्किएको थियो। निर्वाचन आयोगको निर्णयमा चित्त नबुझेपछि देउवा पक्ष सर्वोच्च पुगेको थियो। तर, अदालतको अन्तिम फैसलापछि अब कानुनी लडाइँ सकिएको र राजनीतिक एकताको अध्याय सुरु भएको नेताहरूको भनाइ छ।

देउवा पक्षले अबका दिनमा देशैभरका नेता–कार्यकर्ताको सुझाव सुन्ने र पार्टीलाई आगामी निर्वाचनमा सशक्त बनाएर लैजानका लागि नयाँ नेतृत्वलाई रचनात्मक सहयोग गर्ने समेत बताएको छ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

‘१८ वर्षभन्दा कम उमेरका व्यक्ति रास्वपाकाे सदस्य नरहने

५ दिन अगाडि
रास्वपाका नवनिर्वाचित पदाधिकारीहरुले लियाे शपथ ग्रहण

रास्वपाका नवनिर्वाचित पदाधिकारीहरुले लियाे शपथ ग्रहण

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक