शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्दा जेल चलान भएका युवालाई तत्काल रिहाइ गर्न माग

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्दा जेल चलान भएका युवालाई तत्काल रिहाइ गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्दा जेल चलान भएका युवालाई तत्काल रिहाइ गर्न माग गरेका छन्। सामाजिक सञ्जाल ट्वीमा महामन्त्री शर्माले प्रधानमन्त्रीलाई मेन्सन गर्दै लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थु्न्न या थुनामा राख्न नमिल्ने बताउँदै युवाहरूको रिहाइको माग गरेका हुन्। प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक भएको उनको भनाइ छ।

‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थु्न्न या थुनामा राख्न मिल्दैन। प्रहरीले युवाहरूको मुख थुनिरहेको दुःखद र आपत्तीजनक थियो। आफूविरूद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अबिलम्ब पहल माग गर्दछु,’उनले लेखेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्व नाराबाजी गर्ने तीनजनालाई सोमबार कारागार चलान गरिएको छ। सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा कारागार चलान भएका हुन्।

उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभ्रद व्यवहारमा मुद्दा दर्ता भएको थियो। गत मंगलबार स्वतन्त्र अभियान नेपालका केही कार्यकर्ताले प्रधानमन्त्री उपस्थित कार्यक्रममा नाराबाजी गरेका थिए। उनीहरूले बैंकको व्याज महँगो भएको, जनताले दुःख पाएको र ब्याजदर घटाउनुपर्ने लगायतका माग राखी प्रदशनमा उत्रिएका थिए।

सोमबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही ५ हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको थियो। धरौटी बुझाउन नसकेपछि उनीहरूलाई जेल चलान गरिएको हो। धरौटी रकम बराबरको दिनमा उनीहरू कारागार रहनेछन्। दिनको ३०० का दरले धरौटी कट्टा गरिनेछ। उनीहरूलाई डिल्लीबजार कारागार कार्यालय पठाइएको छ। बुधबार जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको थियो।

यो पनि पढ्नुहोस्

सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाइयाे

सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाइयाे

२८ मिनेट अगाडि
मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्ने

मुलुकको परराष्ट्र नीति एउटै हुनुपर्ने

२८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक