बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

२३८ इरानी नाविकलाई स्वदेश फिर्ता

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
Reading Time: 1 min read
0
२३८ इरानी नाविकलाई स्वदेश फिर्ता

????????????????????????????????????

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कोलोम्बो । मध्यपूर्वको द्वन्द्व विस्तारिँदै हिन्द महासागरसम्म प्रभाव पारिरहेका बेला श्रीलङ्काले आफ्नो भूमिमा आश्रय लिएका २३८ इरानी नाविकलाई स्वदेश फिर्ता गरेको जनाएको छ । अमेरिकी पनडुब्बी आक्रमणपछि समुद्रमा सङ्कटमा परेका ती नाविकलाई उद्धार गरी मानवीय आधारमा संरक्षण दिइएको थियो ।

श्रीलङ्काका उप–रक्षामन्त्री अरुणा जयसेकराका अनुसार मार्च ४ मा श्रीलङ्काको समुद्री क्षेत्रमा आक्रमणमा परेको इरानी युद्धपोत ‘आइआरआईएस डेना’ बाट ३२ जना नाविकलाई उद्धार गरिएको थियो । साथै, अर्को इरानी जहाज ‘आइआरआइएस बुसेहर’ का २०६ जना नाविकलाई मङ्गलबार स्वदेश फर्काइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘आइआरआइएस बुसेहर’ का केही प्राविधिक नाविक जहाज सञ्चालनका लागि फर्किएका छन् भने ‘आइआरआइएस डेना’ बाट उद्धार गरिएका २०६ जना नाविकलाई चार्टर्ड विमानमार्फत इरान पठाइएको हो । यसअघि श्रीलङ्काको उत्तरपूर्वी क्षेत्र त्रिन्कोमालीमा लङ्गर गरिएको ‘आइआरआइएस बुसेहर’ सञ्चालनका लागि १५ जना इरानी नाविक अझै त्यहीँ रहने बताइएको छ ।

इरानी अधिकारीले ‘आइआरआइएस डेना’ माथिको आक्रमणलाई मध्यपूर्वको युद्ध हिन्द महासागरसम्म फैलिएको सङ्केतका रूपमा व्याख्या गरेका छन् । अमेरिका र इजरायलसँगको द्वन्द्वको प्रारम्भिक चरणमै भएको उक्त आक्रमणमा १०४ जना नाविकको ज्यान गएको जनाइएको छ । तीमध्ये ८४ जनाको शव उद्धार गरी स्वदेश पठाइ सकिएको छ ।

गत महिना श्रीलङ्काका लागि इरानी राजदूत अलिरेजा डेलखोसले कोलम्बोसँग ‘आइआरआइएस बुसेहर’ का नाविकहरूको फिर्तीका विषयमा वार्ता भइरहेको जानकारी दिनुभएको थियो । श्रीलङ्काले उक्त जहाजलाई सुरक्षित बन्दरगाह उपलब्ध गराएको थियो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकले सन् १९०७ को हेग महासन्धि अनुसार मानवीय आधारमा इरानी नाविकलाई संरक्षण प्रदान गरिएको स्पष्ट पार्नुभएको छ ।

तर दोस्रो इरानी जहाजका सबै नाविकलाई देश छोड्न अनुमति दिइएको कानूनी आधारबारे भने तत्काल स्पष्ट हुन सकेको छैन । यसैबिच, श्रीलङ्काले आफ्नो तटस्थता कायम राख्ने नीति अनुरूप अमेरिकी लडाकू विमानलाई देशभित्र स्थलगत सुविधा प्रयोग गर्न अनुमति नदिएको पनि जनाइएको छ । उता, तेस्रो इरानी जहाज ‘आइआरआइएस लाभन’ १८३ जना चालक दलसहित मार्चको सुरुआतमै भारतको कोची बन्दरगाहमा शरण लिन पुगेको थियो । त्यसपछि सो जहाजका १०० भन्दा बढी गैर-आवश्यक चालक दलका सदस्य भारतबाट बाहिरिएका छन् । एएफपी

यो पनि पढ्नुहोस्

इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

इरानका बन्दरगाहहरूमा घेराबन्दी गर्ने ट्रम्पको योजना

२ दिन अगाडि
मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख

मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक