काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
सुन प्रतितोला २ हजार ९०० र चाँदी १५५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २२० कायम भएको छ ।
गत सोमबार एक तोला सुन २ लाख ९९ हजार ८०० र त्यति नै परिमाणको चाँदी ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ४ हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


