काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओली आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सुनियोजित रूपमा भ्रामक सूचना फैलाइएको भन्दै साइबर ब्यूरो पुगेकी छन्।
उनले सोमबार नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटी पुगेर दोषीहरूमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी हुन्।
उनले केही व्यक्ति तथा सञ्चार माध्यमहरूले योजनाबद्ध ढंगले आफूविरुद्ध दुष्प्रचार गरिरहेको बताएकी छन्। केही फेसबुक पेज, टिकटक र युट्युब च्यानलहरूले आधारहीन र भ्रामक सामग्री प्रसारण गरी व्यक्तिगत तथा सार्वजनिक जीवनमा क्षति पुर्याउन खोजेको उनको भनाइ छ।
प्रारम्भिक चरणमा सचेत गराउँदा पनि दुष्प्रचार नरोकिएपछि बाध्य भएर कानुनी प्रक्रियामा जानुपरेको उनले बताएकी छन्।


