शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

चैत्र २४ ले देखाएको परिमार्जित बाटोमा अघि बढौं !

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
नेपाल निर्माण र निर्माताबारे एक संक्षिप्त टिप्पणी !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
– नारायण शर्मा

आज विसं २०८२ को चैत्र २४ एक महान् र ऐतिहासिक जनआन्दोलनको उत्कर्षको दिन अर्थात् ३६ औं जनआन्दोलन दिवस । २०४६ मा नेपालका सम्पूर्ण राजनीतिक दलहरुले प्रतिबन्धित अवस्थाका बीचबाट प्रत्यक्ष वा परोक्ष रुपले अथवा शान्तिपूर्ण वा सशस्त्र रुपले संघर्स्ष गर्ने क्रममा तत्कालीन निर्विकल्प भनिएको निरंकुश र निर्दलीय पंचायती व्यवस्थाका विरुद्ध संयुक्त र सशक्त आन्दोलन गर्दा आम जनताले अभूतपूर्व सद्भाव, समर्थन, सहयोग, सहभागिता र समर्पण गरेको अविस्मरणीय दिन । विचारणीय छ कि २०४६ चैत्र २४ को आन्दोलनको वैचारिक, राजनीतिक र सांगठनिक आयोजना र नेतृत्व तत्कालीन नेकपा (मशाल) ले गरेको थियो । आयोजक संयन्त्र/संस्थाको रुपमा थियो तत्कालीन नेकपा (मशाल), नेकपा (मालेमा), नेपाली कम्युनिस्ट लीग र नेकपा (मसाल) अनि डा. बाबुराम भट्टराई, क. नन्दकुमार प्रसाईं, मल्ल के सुन्दर लगायतका केही स्वतन्त्र वाम व्यक्तित्वहरु सम्मिलित क्रान्तिकारीहरुको “संयुक्त राष्ट्रिय जनआन्दोलन” नामक तेस्रो संयुक्त मोर्चा । प्राविधिक रुपले त्यसको संयोजक भने चर्चित विद्वान डा. बाबुराम भट्टराई बनाइएका थिए ।
“संयुक्त राष्ट्रिय जनआन्दोलन” नामक त्यो क्रान्तिकारी संयुक्त मोर्चा नयाँ जनवादी गणतन्त्रको निम्ति संघर्षरत शक्तिहरुको थियो । अन्य दुई मोर्चाहरुमा नेपाली काङ्ग्रेसका सर्वमान्य नेता लौह पुरुष गणेशमान सिंहको नेतृत्वमा एउटा “प्रजातान्तृक मोर्चा” र सात वाम दलहरुको अर्को “संयुक्त वाममोर्चा” थियो जसको नेतृत्व प्राविधिक रुपले तत्कालीन नेकपा (मार्क्सवादी) की नेता पुष्पलाल पत्नी साहना प्रधानले गरेकी थिइन् भने राजनीतिक नेता थिए मनमोहन अधिकारी र सांगठनिक नेतृत्व तत्कालीन नेकपा (माले) अर्थात् झापाली विद्रोहीहरुको पार्टी र त्यसका नेता मदन भण्डारीले गरेका थिए । यी दुई क्रमशः संसदवादी र सुधारवादी दलका मोर्चाहरुको राजनीतिक लक्ष संवैधानिक राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्था थियो । तीमध्ये पनि नेपाली काङ्रेसको आर्थिक नीति बुर्जुवा उदारवादमा आधारित थियो भने माले लगायतका वाम दलहरुको मोर्चाको आर्थिक नीति मिशृत अर्थतन्त्रमा आधारित थियो । त्यसरी नै  हाम्रा क्रान्तिकारी शक्ति र व्यक्तिहरु सम्मिलित तेस्रो मोर्चाको राजनीतिक लक्ष नयाँ जनवादी गणतन्त्रात्मक व्यवस्था थियो भने आर्थिक नीति राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रमा आधारित थियो । यिनै राजनीतिक र आर्थिक नीतिका भिन्नताका कारण त्यतिबेलाको संयुक्त आन्दोलन एउटै संयुक्त मोर्चाद्वारा संचालित नभएर तीनथरी मोर्चाद्वारा संचालित थियो तर यी तीनमध्ये अघिल्ला दुई नेका र वाममोर्चा आधारभूत रुपमा एकै ठाउँमा थिए भने तेस्रो कम्युनिस्ट क्रान्तिकारीहरुको मोर्चा “संयुक्त राष्ट्रिय जनआन्दोलन” आधारभूत रुपमै फरक थियो । यसरी हेर्दा मूलतः दुईथरी मोर्चा संचालित र संघर्षरत थिए – एउटा संसदवादी मोर्चा र अर्को नयाँजनवादी मोर्चा ।
उल्लेख्य के छ भने वैदेसिक सम्बन्ध, संघर्ष, संगठन र सत्ताका दृष्टिले प्रथम शक्तिशाली मानिएको नेपाली काङ्ग्रेस र दोस्रो शक्तिशाली वाममोर्चाको समग्र नेतृत्वमा यो आन्दोलन आयोजित र संचालित त खुबै जोडतोडले भनिएको थियो तर जनताले ती पार्टीहरुद्वारा अघि सारिएको पुरानै असफलसिद्ध संवैधानिक राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थालाई मन पराएका थिएनन् । त्यसले गर्दा फागुन ७ गते प्रजातन्त्र दिवसको ऐतिहासिक दिनको साइत पारेर सुरु गरिएको उक्त आन्दोलनमा भारतीय शासकवर्गको समेत समर्थन र सहयोगका बावजुद पनि उनीहरुद्वारा संयुक्त रुपमा घोषित चैत्र २४ अघिका कार्यक्रमहरुमा त्यति धेरै जनसहभागिता थिएन जति व्यापक र बृहद जनसहभागिता चैत्र २४ मा थियो । त्यति मात्र होइन, अन्य दिनहरुका कार्यक्रमहरुमा सबै पक्षका जनता-कार्यकर्ताहरुमा चैत्र २४ को जस्तो उत्साह, उमङ्ग, र उत्सर्ग भाव; होश, जोश र जाँगर अनि त्याग, बलिदान र समर्पण   अभिव्यक्त भएको थिएन । त्यस दिन जनताले स्वीकारेको र लल्कारेको नारा थियो राजतन्त्र मुर्दावाद नयाँ जनवादी गणतन्त्र जिन्दावाद र निशाना थियो दरवार र राजा महेन्द्रको सालिक । स्मरणीय छ त्यही सालिक तोड्दै गर्दा एकपछी अर्को गरी कैयौं योद्धाहरुले वीरतापूर्वक आफ्नो अमूल्य जीवन देस, जनता र क्रान्ति-मुक्तिको लागि उत्सर्ग गरेका थिए ।

     विडम्बना के भएको थियो भने चैत्र २४ को त्यो विशाल जनसागर उर्लिएको देखेर दरबार र पंचायतका हिमायतीहरुमात्र होइन काङ्गेस-एमाले र भारतीय विस्तारवाद लगायतका वैदेशिक शक्तिकेन्द्रहरु अत्तालिएका थिए र उनीहरुले चैत्र २४ को आन्दोलनका आयोजकहरुलाई जानकारी नै नदिइ रातारात षड्यन्त्रपूर्वक सम्झौता गरेर चैत्र २६ गते पुरानै प्रतिक्रियावादी संवैधानिक राजतन्त्रसहितको बहुदलीय संसदीय व्यवस्था मानेर जान प्रतिबद्ध भए । यसले गर्दा सहिदको बलिदान र जनताको संघर्षप्रती धोका र विश्वासघात भयो भन्दै यो कुराको तत्कालै संयुक्त राष्ट्रिय जनआन्दोलन र तत्कालीन प्रमुख घटक नेकपा (मशाल) लगायत सबैजसोले वक्तव्यहरु प्रकाशन गरेर सम्झौताको निन्दा र भर्त्सना गरे । स्मरणीय छ कि सो अवसरमा “सम्झौतालाई धोका करार गर्दै मशालद्वारा निकालिएको रातो पर्चा तातो चर्चाको विषय बनेको थियो । त्यो सम्झौताबाट साँच्चिकै देस र जनतालाई धोका दिएर जबर्जस्ती संसदीय व्यवस्था थोपरिएको हुनाले नै जन आन्दोलन सफल भएको ६ बर्ष पुग्दा नौग्दै उक्त व्यवस्थामा देखिएका विकृती र विसंगतिहरुका कारण असह्य भएर संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाम्मा अघि बढौं भन्दै २०५२ फागुन १ गतेदेखी महान् जनयुद्धको थालनी हुँदा दसौं हजार जनता, योद्धा र नेताहरुको सहादत भएको थियो र कम्तीमा आजको गणतन्त्रको स्थापना गर्नमा सफलता मिलेको थियो । यो कुरा बेग्लै हो कि जनयुद्ध थालनी गर्दाका लक्ष-उद्देश्य र प्रतीज्ञा-प्रतिबद्धतालाई अपूरै, अधुरै र अलपत्रै पारेर बीचैमा नेतृत्वले हठात् र बलात् १२ बुँदे सहमती गर्‍यो । भारतीय विस्तारवादी शासकवर्गको साथ, सहयोग र समन्वयमा नेपालका सात संसदवादी दल र तत्कालीन युद्धकर्ता नेकपा (माओवादी) नेतृत्वबीच दिल्लिमा भएको उक्त अवांछित १२ बुँदे समझदारी र त्यस आधारमा २०६२-६३ मा १९ दिने ऐतिहासिक जनविद्रोह भयो । फलतः राजा ज्ञानेन्द्रलाई झुक्न कर त लाग्यो तर फेरि उहीँ पुरानै संसद र संसदीय व्यवस्था “संघीय लोकतान्त्रिक गणतन्त्र” लाई नयाँ नाममा पुनर्स्थापित गरियो ! अनि २०६३ मंसिर ५ गते तत्कालीन सरकार र माओवादीबीचमा वृहत् शान्ती-सम्झौता समेत भयो । क्रान्तिकारी आन्दोलनका मुख्य उपलब्धिको रुपमा प्राप्त भएका महान् जनमुक्ती सेना, जनसत्ता, जन अदालत, जनकम्युन आदि सबै महान् दस बर्षे  जनयुद्धसंगै विसर्जन गरिए । यसबाट समेत  सहिद-बेपत्तालगायतका लाखौं जनता, कार्यकर्ता र  योद्धाहरुप्रति अन्ततः र सारत: फेरिपनि धोका र विश्वासघात भयो ।
यसरी ठुला पार्टी र तिनका ठुला नेताहरुको आत्मसुरक्षावाद, क्षुद्र सत्तास्वार्थ तथा राष्ट्रिय र वर्गीय आत्मसमर्पणवादका कारण सम्पन्न सम्झौतैसम्झौताबाट जनता र देसलाई अनि क्रान्ती र मुक्तिलाई भएको धोकैधोकाका कारण चैत्र २४ को जन आन्दोलनले देखाएको बाटो अझै गन्तव्यमा पुग्न सकेको छैन । तसर्थ २०४६ चैत्र २४ कै जनआन्दोलनले  देखाएको क्रान्तिकारी बाटो, विचार र भावना, जनसहभागिता र समर्पण अनि वीरता र बलिदानको गरिमा र उच्चता एवं गर्व र गौरवलाई अझ थप परिमार्जन र समृद्ध गर्दै अगाडि बढ्नुभन्दा अर्को राम्रो, सही र क्रान्तिकारी विकल्प छैन । त्यसैले चैत्र २४ लगायतका वीरता र बलिदानीले भरिएका ऐतिहासिक संघर्ष र युद्धको स्मरण र सलामी गरौं, वीर सहिदहरुलाई श्रद्धासुमन अर्पण गरौं ! २०४६ को चैत्र २४ लगायतका ऐतिहासिक दिवसहरुले  देखाएको क्रान्तिकारी बाटोलााई विकसित र विस्तारित गर्दै अवलम्बन गरौं र सहिद, बेपत्ता, घाइते योद्धालगायत  आम क्रान्तिकारी नेता-कार्यकर्ता र जनताले देखेका अधुरा र अपूरा रहेका सपना र जपनालाई विपनामा बदलौं !
 हेरौं, त्यस सन्दर्भमा आयोजित विशाल र्‍यालीहरुका गुगलबाट लिइएका यी केही तस्बिरहरु !
अध्ययन र आत्मसात् गरौं चैत्र २४ का शहीदका योगदान र सपनाहरु !!
खोलौं यो पंक्तिकारद्वारा विभिन्न सन्दर्भमा लेखिएका छोंटालामा लेखक-टिप्पणीका यी लिङ्क र
पढौ अनि बढौं यसै संयुक्त क्रान्तिकारी जनआन्दोलनरुपी जनविद्रोहको बाटोमा !!!
प्रतिबद्ध होऔं नेकपाका संस्थापक महासचिव एवं अपूर्व दूरदर्शी विद्वान र इमान्दार क्रान्तिकारी नेता क. पुष्पलालको विचारमा !!!!
र, मोर्चाबद्ध होऔं उहाँकै संयुक्त जनआन्दोलनको नीतिअनुसार साम्राज्यवाद, यथास्थितिवाद र प्रतिगमनका विरुद्धको राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चामा !!!!

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

२९ मिनेट अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

४४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक