आइत, साउन १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कर्णालीका सांसदलाई सम्मानः जनताका माग र अपेक्षा संसदमा उठाउँछौं

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
कर्णालीका सांसदलाई सम्मानः जनताका माग र अपेक्षा संसदमा उठाउँछौं
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कर्णालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुले जनताको अपेक्षा र मागलाई संसदमा उठाउने प्रतिवद्धता जाहेर गरेका छन् । सोमबार संवाद डबली र पलाँता गाउँपालिकाले गरेको सम्मान कार्यक्रममा कर्णालीका समस्या र समाधानको लागि सदन र सरकारको ध्यानाकर्षण गर्ने बताए ।

नेपाली कम्युनिस्ट पार्टीबाट कालिकोटबाट निर्वाचित सांसद तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका समस्या र समाधानको उपायलाई नजिकबाट साक्षात्कार गरेको बताउँदै संसद र सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जाहेर गरे । उनले आफू संघीय मन्त्री र कर्णालीको मुख्यमन्त्री हुँदा पनि सकारात्मक पहल गरेको बताउँदै भने, ‘कर्णालीका समस्या र समाधानलाई नजिकबाट चिनेका छौं, केही संघीय सरकार र प्रदेशमा केही पहल लिएका थियौं, केही काम भएका थिए र बाँकी कार्यको निरन्तरता दिन पहल लिन्छौं ।’ उनले त्यसको लागि आफूले नेतृत्व गर्न तयार रहेको बताए ।

नेकपा एमाले दैलेख २ बाट निर्वाचित लक्ष्मी प्रसाद पोखरेलले कर्णाली प्रदेश पिछडिएको मात्रै नभएर सम्भानाको खानी भएको बताउँदै त्यसको उचित पहिचान र हुन नभएको बताए । उनले कर्णालीका सम्भानाको पहिचान गरी जनताको हितमा उपयोग गर्ने वातावरण बनाउने पर्ने बताए ।

‘कर्णाली पिछडिएको मात्रै नभएर सम्भानाको खानी पनि हो । राज्यले सम्भावनाको पहिचान गरी त्यहाँका जनताको आवश्यकतामा उपयोग गर्ने वातावरण नभएकै कारण कर्णाली पछि परेको हो । अब हामीले संसदमा कुरा उठाउँछौं र सरकारको ध्यानाकर्षणसँगै योजना बनाउन पहल गछौं’ पोखरेलले भने ।

नेपाली काँग्रेसका सांसद कालिबहादुर सहकारीले कर्णालीलाई सुनको थाली भन्दै त्यसको महत्व बुझ्न नसकिएको बताए । ‘हामी सुनको थालीमा नुन मागिरहेका छौं । अब सुनको थालीमा नुन मग्ने होइन, त्यसको सम्भावनालाई जनताको हितमा उपयोग गर्नुपर्छ, त्यसको लागि म लाग्ने छु ।’ जनताले आफूहरुसँग ठूलो अपेक्षा गरेको बताउँदै सांसद सहकारीले जनताको आशा र भरोसालाई आफूले कहिलै मर्न नदिन लागिपर्ने प्रतिवद्धता जनाए ।

सम्मान कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले नवनिर्वाचित सांसदहरुले कर्णालीका जनताका माग र अपेक्षालाई संसदमार्फत सरकारसमक्ष पुर्याउने विश्वास व्यक्त गरे । रोकायाले सम्भावना र चुनौतिका बीचमा नवनिर्वाचित सांसदहरुले मुख्य गरेर सडक पहुँच, कृषि आधुनिकीकरण, पर्यटन, जलविद्युत र गरिबी घटाउने कार्यमा जोड दिनुपर्ने सुझाव दिए ।

कर्णालीलाई अन्य प्रदेशहरुसँग प्रतिस्पर्धी बनाउन मुख्य चुनौति भौलिक विकटता रहेको बताउँदै रोकायाले भने,“कर्णाली पछाडि हुनुको मुख्य कारण भौगोलिक हिसाबले धेरै ठाउँ अझै दुर्गम छ जसका कारण उद्योग लगभग शून्य, रोजगारीका हिसाबले वैदेशिक रोजगारमा निर्भर, स्वास्थ्यका हिसाबले जनशक्ति अभाव, उच्च शिक्षाको अवसर कम, सुरक्षित तथा सुद्ध पानीको गम्भीर समस्या  छन्, यसलाई हल गर्न व्यापक काम गर्नुपर्ने छ ।”

कार्यक्रममा नेपाली काँगे्रसबाट सांसदहरु विष्णु बहादुर खड्का(सुर्खेत–१), जयपति रोकाया(हुम्ला), खड्क बहादुर बुढा(जाजरकोट), खड्क शाही(मुगु), कालिबहादुर सहकारी(कालिकोट), त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीबाट सांसदहरु महेन्द्रबहादुर शाही(कालिकोट), गोपाल शर्मा(रुकुम पश्चिम) र पार्वती विक(जाजरकोट) थिए भने नेकपा(एमाले)बाट सांसदहरु लक्ष्मी प्रसाद पोखरेल(दैलेख–२), यशुदा कुमारी बराल(कालिकोट)लगायत सहभागी थिए ।

यो पनि पढ्नुहोस्

ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी

ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी

१७ मिनेट अगाडि
रसुवाको भोटेकोसीमा खस्दा चालक बेपत्ता

रसुवाको भोटेकोसीमा खस्दा चालक बेपत्ता

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

भारतका शिक्षामन्त्रीले पदबाट दिए राजीनामा

आज सुनको मूल्यमा वृद्धि

१५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक

एमाले र नेकपाबीच सहमति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक