काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।
सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरुलाई धन्यवाद दिए । ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले भने ।
रविको प्रस्तावमा डा.स्वर्णिम वाग्लेले समर्थन जनाएका छन् ।
शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् भने आजको प्रतिनिधि सभा बैठकले अर्याललाई औपचारिकरुपमा सभामुख निर्वाचित भएको घोषणाra गर्ने छ ।


