बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचार विरोधी आन्दोलन आधिकारिक बयान

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
भ्रष्टाचार विरोधी आन्दोलन आधिकारिक बयान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा भएको भ्रष्टाचार विरोधी आन्दोलन र त्यसक्रममा भएको झडपका विषयमा २९ जना घाइते प्रदर्शनकारीहरूले आफ्नो आधिकारिक बयान (कागज ब्यहोरा) दिएका छन् ।

जेन-जी आन्दोलन सम्बन्धी छानबिन गर्न बनेको गौरी बहादुर नेतृत्वको छानबिन आयोगलाई दिएको बयानमा घाइतेहरूले प्रहरीले बिना चेतावनी चलाएको बताएका छन् । घाइतेहरू कृष्ण सुनार, आर्यन अधिकारी, प्रकाश बहादुर बोहरालाई शरीरका विभिन्न भाग छाती, खुट्टा, घाँटी, हातमा धातुको गोली र रबर बुलेट लागेको पाइएको छ ।

त्यस्तै १८ वर्षीया एकता शाह र पत्रकार शम्भु दंगालको खुट्टामा गम्भीर चोट लागेको छ भने सन्तकुमार मेहताको घाँटीमा गोली लागेर उनी भेन्टिलेटरसम्म पुगेको बयान आयोलाई दिएका छन् ।

प्रहरीलाई बचाउन खोज्दा गीता कुमारी शाहलाई प्रदर्शनकारीले पेट्रोल छर्केर आगो लगाउँदा उनको शरीरको ४०५ भाग जलेको उल्लेख गरेकी छन् । घाइतेको साझा बयान आन्दोलनका घाइते मनोज बहादुर बोहरा, संन्जित यादवले सुरक्षाकर्मीले लाठी चार्ज वा गोली चलाउनुअघि कुनै पूर्व चेतावनी नदिएको र वार्ताको अपिल समेत नगरेको जनाएका छन् ।

१० देखि १५ मिटरको छोटो दूरीबाटै सुरक्षाकर्मीले सिधै गोली प्रहार गरेको आरोप लगाएका छन् । घाइते आयुष विकको शरीरमा ९ वटासम्म रबर बुलेट लागेको पाइएको छ । घाइतेहरूले दिएको बयान अनुसार भदौ २३ गतेको दमनपछि २४ गतेको आन्दोलनमा बाहिरी तत्वु वा अन्य समूह छिरेर तोडफोड, आगजनी र हिंसा भड्काएको दाबी गरिएको छ ।

जेन-जी पुस्ताले अदालत वा सिंहदरबार जलाउने जस्ता कार्य गर्दैनन्, यो घुसपैठ हो, घाइते मनोज बहादुर बोहराले उल्लेख गरेका छन् । घाइतेको उपचारमा राज्यको भूमिकामाथी प्रश्न घाइतेहरूले नेपाल सरकारले उपचार खर्च व्यहोरेको स्वीकार गरे पनि थप राहत र दीर्घकालीन व्यवस्थापनमा समस्या रहेको जनाएका छन् । पत्रकार शम्भु दंगालले अस्पताल जाने आउने खर्च र अन्य सामग्रीको भार सरकारले नबेहोरेको गुनासो गरेका छन् ।

कतिपय घाइतेहरूको शरीरमा अझै पनि गोली र छर्राहरू निकाल्न बाँकी रहेको घाइतेहरूले दिएको कागजी बयानमा उल्लेख छ । दोषीमाथि कारबाहीको माग बयान दिने घाइतेहरूले घटनाको पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने माग गरेका छन् । गोली चलाउन आदेश दिने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि कानुनी कारबाही हुनुपर्ने । भदौ २४ गते तोडफोड र आगजनीमा संलग्न घुसपैठियाहरूको पहिचान गरी सजाय दिनुपर्ने । पीडितहरूलाई उचित क्षतिपूर्ति, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१४ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक