मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इयु र अस्ट्रेलियाबीच व्यापार सम्झौतामा सहमति

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
इयु र अस्ट्रेलियाबीच व्यापार सम्झौतामा सहमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्वव्यापी आर्थिक अनिश्चितता र बढ्दो संरक्षणवादबीच युरोपेली संघ (इयु) र अस्ट्रेलियाले बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा अन्तत: सहमति जनाएका छन् । दुई वर्षअघि वार्ता टुटेको अवस्थाबाट फर्किँदै दुवै पक्षले व्यापार विस्तारसँगै नयाँ रक्षा साझेदारी घोषणा गरेका छन्, जसलाई बदलिँदो विश्व व्यवस्थामा रणनीतिक कदमका रूपमा हेरिएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सन् २०१८ देखि जारी लामो वार्तापछि अस्ट्रेलियाको संसद् भवनमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  यसअघि अस्ट्रेलियाको रातो मासु बजार पहुँच र उत्पादनसम्बन्धी विवादका कारण सन् २०२३ मा वार्ता अवरुद्ध भएको थियो ।

दुवै नेताले नियममा आधारित खुला व्यापार प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले यो सम्झौता गरिएको बताएका छन्। भोन डेर लेयनले विश्वमा ठूला शक्तिहरूले करलाई दबाबका रूपमा प्रयोग गरिरहेको सन्दर्भमा यस्तो सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनका अनुसार खुला व्यापारले केवल आर्थिक मात्र नभई विश्वासमा आधारित सम्बन्ध पनि मजबुत बनाउँछ ।

अल्बानिजले पनि दुवै पक्ष स्वतन्त्र र निष्पक्ष व्यापारप्रति प्रतिबद्ध रहेको बताउँदै यसले सहभागी अर्थतन्त्रहरूलाई समृद्ध बनाउने धारणा व्यक्त गरे । उनका अनुसार बदलिँदो विश्व सन्दर्भ र आपूर्ति शृङ्खलामा देखिएको जोखिमले वार्तालाई पुनः अघि बढाउन प्रेरित गरेको हो । यस सम्झौतासँगै दुवै पक्षले नयाँ रक्षा साझेदारी पनि घोषणा गरेका छन् । उक्त साझेदारीले सैन्य सहयोग, समुद्री सुरक्षा, साइबर सुरक्षा, रक्षा उद्योग र आतंकवादविरुद्धको सहकार्यलाई थप विस्तार गर्नेछ । साथै अस्ट्रेलियाले अनुसन्धान तथा नवप्रवर्तन कार्यक्रम ‘होराइजन युरोप’ मा सहभागी हुने प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

अल्बानिजले यस सहकार्यले विश्वव्यापी चुनौतीहरू सामना गर्न साझा ढाँचा प्रदान गर्ने बताउँदै युक्रेनमाथि रुसको आक्रमणविरुद्ध समर्थनजस्ता विषयमा पनि साझा प्रतिबद्धता दोहोर्‍याइएको जानकारी दिए ।

व्यापार सम्झौताअनुसार अस्ट्रेलियाका वाइन, समुद्री खाना र बागवानी उत्पादनहरूमा लाग्ने शुल्क हटाइनेछ । साथै इयुले अस्ट्रेलियाली रातो मासुका लागि ३० हजार ६०० मेट्रिक टनको कोटा उपलब्ध गराउनेछ । यसको ५५ प्रतिशत हिस्सा शुल्कमुक्त हुनेछ ।

तर केही प्रावधान विवादास्पद पनि रहेका छन् । उत्तरी इटालीसँग सम्बन्धित ‘प्रोसेको’ नाम प्रयोग गर्ने अस्ट्रेलियाली उत्पादकहरूलाई सम्झौता लागू भएको १० वर्षपछि उक्त नाम प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

यो सम्झौता लागू हुने मिति भने अझै घोषणा गरिएको छैन । पूर्ण पाठ सार्वजनिक नभइसकेकाले यसको दीर्घकालीन प्रभावबारे विश्लेषण गर्न समय लाग्ने विज्ञहरूले बताएका छन् ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटीका अर्थशास्त्री हेजल मोइरका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लागू गरिएका विश्वव्यापी कर नीतिहरूले युरोप र अस्ट्रेलियालाई नजिक ल्याउने काम गरेको हो । उनले यस्तो दबाबले दुवै पक्षलाई वैकल्पिक आर्थिक सहकार्य खोज्न बाध्य बनाएको बताए।

यसैबीच, इयुले दक्षिण अमेरिकी चार देशसँग गरेको अर्को स्वतन्त्र व्यापार सम्झौता पनि मे १ देखि लागू हुने तयारीमा रहेको छ, जसले विश्व व्यापार संरचनामा थप परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

काबुलको सैन्य विमानस्थल विस्फोट, १० जनाको मृत्यु

यमनमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु

५ दिन अगाडि
मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

संस्कृति बन्न सकेन रक्तदान

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक