काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-६ धर्मस्थली बस्ने सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रूकुम पश्चिम, मुसिकोट नगरपालिका-१३ छिवाङस्थित सानिभेरी नदीमा बाफिकोट गाउँपालिका-३ गरालागोठ बस्ने पुर्ण बहादुर वलीकी छोरी १३ वर्षीया सपना वली आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
इलाम, सूर्योदय नगरपालिका-४ सल्लेरी बस्ने पाँचथर घर भएका ३४ वर्षीय मिलन गोले तामाङ सोही ठाउँस्थित नालीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-२ हिमालचोक बस्ने ३६ वर्षीय अनिल अधिकारी सोही ठाउँस्थित नालामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


