काठमाडौं । दाङ, बंगलाचुली गाउँपालिका-६ सिउडेस्थित जंगलमा सोही गाउँपालिका-६ अमारे बस्ने ७० वर्षीय बिष्णु पौडेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङ, राजपुर गाउँपालिका-७ भैसाही नाकामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, बागचौर नगरपालिका-९ लिउरेबारी बस्ने ५३ वर्षीय प्रेम बहादुर खड्का सोही ठाउँस्थित खरबारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
संखुवासभा, मादी नगरपालिका-४ सिर्जुङ बस्ने ४९ वर्षीया माया कुमारी भुजेल आफ्नै घर नजिकै आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन, माडी नगरपालिका-१ कल्याणपुरस्थित सडक छेउमा सोही ठाउँ बस्ने ४५ वर्षीय घन श्याम पाण्डे आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


