काठमाडौं । नागार्जुन नगरपालिका-९ स्युचाटार दुर्गा कोलोनी नजिक डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएकी ३६ वर्षीया बिमला न्यौपानेको कोठाबाट नगद, सुनको गहना र चाँदी समेत गरी करिब ३ लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


