इश्वरी सिंह
नेपालि जनताले चुुनावमा अत्यधिक मत दिएर जिताएका नेताहरु विशिष्ट व्यक्ति होइनन् । उनिहरुले आफुुलाई विशिष्ट ठान्ने र जनताले पनि उनिहरुलाई विशिष्ट बनाउने क्रियाकलाप अब बन्द गरिनुु पर्छ ।
नेताहरुले देश र जनताको हितमा काम गरुन् भनेर चुुनावि प्रक्रृया अनुुसार उनिहरुलाई चुुनेर पठाइएको हो । त्यसैले उनिहरुले जनताको सेवक बनेर इमान्दारीताका साथमा सरकारको कुुर्सिमा बसेर काम गरेर देखाउन सक्नुु पर्छ ।
चुुनाव जिते अब म नै सर्वेसर्वा हुुँ भनेर कसैले घमण्ड नगर्दा हुुन्छ । जनताले तपाँइहरुलाई परिक्षा हल भित्र छिराएका हुुन् ।अब ५ बर्ष सम्म तपाँइहरुले प्रश्नहरु हल गरेको आधारमा पास र फेलको फैसला पनि जनताले नै गर्नेछन् ।
बिगतमा चुुनाव जितेका स्थानिय,प्रदेश र संसदका व्यक्तिहरुलाई विशिष्ट मानेर हरेक साना ठुुला सामाजिक कार्यक्रममा प्रमुुख अतिथिको रुपमा निम्त्याउने गरेको पाईयो । आफ्नो काम के हो भन्ने कुुरालाई भुुलेर उनिहरु पनि त्यस्ता कार्यक्रमहरुमा समय व्यतित गरेको पाईयो । बिवाह,ब्रतबन्ध,मन्दिरको उद्घाटन,पसलको रिबन काट्ने,संस्थाहरुको बार्षिकोत्सव,सम्मानका कार्यक्रमहरु,जन्मदिनका भोज लगायत जस्ले जहाँ बोलायो त्यहिँ कामै नभए जस्तो गरि उपस्थित हुुने रवैया देखियो । जनताहरुले पनि हरेक कार्यक्रममा विशिष्टहरुको उपस्थितिलाई अनिवार्य जस्तै बनाए ।
सरकारमा रहेका व्यक्तिलाई प्रमुुख अतिथिको रुपमा आफ्नो ठाउँमा बोलाएर समाजमा मेरो सम्बन्ध फलानो व्यक्तिसँग छ भनेर देखावटी धमास देखाउने होडबाजि नै चलेको देखियो । पैसावाला र पहुुँचवालाहरुले बोलायो भने विशिष्ट भनाउँदाहरु पनि उपस्थित भइहाल्ने गर्छन् ।के उनिहरुलाई गरिब,निमुुखा र पहुुँच न पुुगेकाहरुले चाँहि मतदान दिएका होइनन् ?
के उनिहरुलाई यहि सब गर्नकोलागि जनताले चुुनाव जिताएर पठाएका हुुन् त
कदापि होईन,उनिहरुलाई जनताले देशलाई समृद्ध तरिकाले अगाडी बढाउने जिम्मेवारी दिएर पठाएका हुुन् ।आफ्नो जिम्मेवारीलाई बेवास्ता गरेर अनावश्यक रुपमा डुुल्न पठाएका होईनन् । नेपालि जनताले तिरेको करले सत्ताको कुुर्सिमा बसेर भत्ता खान मात्र नभई जनताको समस्याहरुको समाधानको बाटो निर्माण गर्नको लागि पठाएका हुुन् ।
नेता र मन्त्रिहरु गल्लि गल्लिमा रिबन काट्न व्यस्त र माला लगाएर घण्टौ सम्म आनन्दले बस्दा देशको आर्थिक संकट सुुधार्न,थन्किएका फाइलहरु अगाडी बढाउन वा जनताका पिर मर्का सुुन्ने व्यक्ति न हुुँदा महिनौ दिन सम्म सर्वसाधारणको काम रोकिने र्गदछ ।चुुनावको बेलामा त नेताहरु जनताको घर घर पुुग्दै एक मतकोलागि हात जोड्ने गर्दछन् ।अनि त्यहि हातले जनताको काम गर्न किन ढिलाई हुुन्छ ?
देशमा हालसालै संसदिय चुुनाव सम्पन्न भएको छ । पुुराना नेता र पार्टिहरु देखि वाक्क दिक्क भएका जनताहरुले नयाँ पार्टि र नयाँलाई विश्वास गरेर जिताएर पाँच वर्षकालागि संसद भवनभित्रको कुुर्सिमा परिक्षा दिनकोलागि पठाएका छन् ।
देशको उच्च जिम्मेवारी सम्हालेका व्यक्तिहरुको समय अबका दिनमा यस्ता व्यक्तिगत काममा खर्चिनकोलागि नभई जनताले थमाई दिएको प्रश्नपत्रको उत्तर एक एक गर्दै समाधान गर्नकोलागि हो भन्ने कुुरा न भुुलि दिनुु होला ।
अतिथि बन्नु र सामाजिक सम्बन्ध राख्नुु नरामे कुुरा होइन ,तर कैंचि र मालामा अल्झिएर बस्नुु भन्दा पनि कलम र कार्ययोजना समातेर विकासको बाटो रोजेर अगाडी बढ्नुु पर्ने हालको स्थितिमा जरुरी छ ।
विशिष्ट व्यक्तिहरु कुुनै समारोहमा सहभागि हुुँदा एक्लै जाँदैनन् । उनिहरुको साथमा सुुरक्षाकर्मीको लस्कर,सरकारी सवारी साधन र इन्धनको ठूूलो खर्च जोडिएको हुुन्छ ,व्यक्तिगत सम्बन्ध कायम राख्नकोलागि सरकारी श्रोतको प्रयोग गर्नुु नैतिक रुपमा जायज होइन ।
विशिष्टहरुको सवारी हुुँदा घण्टौ सम्म सर्वसाधारणले सडकको जाममा बस्नुुपर्ने बाध्यता रहँदै आएको कुुरालाई पनि अब बन्ने सरकारका नेता मन्त्रीहरुले मनन गर्न जरुरी छ । त्यसैले सरकारको पदमा रहनुु हुुने सम्पुर्णले प्रमुुख अतिथि बनेर हैन अब सेवक बनेर देश र जनताको सेवा गर्नुु पर्छ ।
काम सम्पन्न हुुनुुभन्दा पहिले नै शिलालेखमा नाम राख्न लालायित हुुने,अधुुरो बाटो,नसकिएको भवन र संचालनमा नआएका योजनाहरुको हतार पतार गर्दै उद्घाटन गर्ने प्रवृत्तिले विकासको वास्तविक गतिलाई ओझेलमा पार्दै आएको छ ।
अब यदि आफुुलाई विशिष्ट व्यक्ति कहलाउनुु छ भने रिबन का्ने कैंचि होेइन विकासका अवरोधहरु काट्ने आँट लिएर अगाडी बढ्नुु होला ।
नेपालि जनताले घण्टौको भाषणहरु धेरै सुुनि सकेका छन् । अब जनतालाई कसैको भाषण सुुन्ने मुुड छैन । अब विशिष्ट भनिनेहरुको उपस्तिति भोज भतेरको टेबुुलमा होइन फिल्डको काममा देखिनुु पर्छ ।


