मोरङ । कटहरी गाउँपालिका-२ नहरचोक बस्ने ५२ वर्षीया सेलजा हेमरमको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
बिराटनगर महानगरपालिका-११ जनप्रिय टोलस्थित विवाहमा काम गर्ने क्रममा झिलिमिलि बत्तीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कोशी अस्पताल विरानटगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


