सिमकोट – खार्पुनाथ गाउँपालिकाको केन्द्रअन्तर्गत पर्ने कर्णाली नदीमाथिको पक्की मोटरेबल पुुल निर्माणका लागि नौ महिनाअगाडि कार्यादेश दिए पनि निर्माण सुुरु हुन नसकेको पाइएको छ। पुल निर्माण कम्पनी पक्षले ६ महिनामा सक्नुुपर्ने डिपिआर र लागत इस्टिमेट तयारी गर्ने कार्यमा ढिलाइ गरेकाले पुल निर्माण सुुरु हुन नसकेको हो।
गाउँपालिका केन्द्र याङ्चु बजारबाट वडा नम्बर २, ३ र ४ जोड्न कर्णाली नदीमाथि पक्की पुल निर्माण गर्न दुुई वर्षअगाडि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयबाट बजेटको व्यवस्था भएको थियो।
बजेटको व्यवस्था भई निकासा आउँदा यसका लागि पूर्वाधार विकास कार्यालय हुम्लाले ०७७ सालमा चैत २२ गते टेण्डर आह्वान गरेको थियो। दुुई वर्षभन्दा बढी समय कार्यालयले टेण्डरबाट निर्माण कम्पनी छनोटमा लगाएको थियो।
कार्यालयले निर्माण कम्पनी छनोटमा यतिधेरै समय नलगाएको पुुल निर्माण निकै अगाडि बढ्ने थियो। २०७९ सालको जेठ अन्तिम साता कार्यालयले निर्माण कम्पनी सूर्य एचएम श्रेया जेभी छनोट गरी असार ३ गते उक्त जेभीलाई डिपिआर र लागत इस्टिमेट र निर्माण अगाडि बढाउन कार्यादेशसमेत दिएको थियो। निर्माण कम्पनीले असार ५ गतेबाट काम सुुरु गर्नुपर्ने कार्यादेशमा स्पष्ट उल्लेख गरिएको छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख गौरी ढकालले निर्माण कम्पनीले ढिलाइ गरेकै कारण पुल निर्माण अगाडि नबढेको जनाए। छनोट भएको निर्माण कम्पनीले पुल निर्माण गर्ने स्थान, त्यसको डिपिआर र लागत इस्टिमेट डिजाइन एण्ड बुुईल्ड (डिएबी) समेत गर्नुपर्ने र त्यसका लागि ६ महिना समय दिए पनि नौ महिना बितिसक्दासमेत उक्त कार्य गर्न नसकेकाले निर्माण अगाडि बढ्न नसकेको हो।
निर्माण कार्य गर्नु अघिका दुुई वटा कामहरु डिपिआर र लागत इस्टिमेट सकेर निर्माण अगाडि बढाउन दुुई पटक लिखित पत्राचार गर्दा पनि काम सक्छाैँ भन्ने जवाफ आउने तर काम नगर्ने प्रवृत्ति देखिएको छ। कार्यालयले सो पुललाई बहुुवर्षीय योजनामा राखेको छ।
कार्यादेशअनुसार निर्माण कम्पनी पक्षले ०८४ साल जेठ ११ गते पुल निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख छ। यसका लागि कार्यालयले पुल निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्न १७ करोड १७ लाख २५ हजार २७५ रुपैयाँ लागत लाग्ने गरी सम्झौता गरेको थियो। पुुल निर्माण कम्पनीका प्रतिनिधि धु्रुवबहादुुर शाहीले लागत इस्टिमेटको काम सम्पन्न भएको र वातावरणीय प्रभाव मूल्यांकनको काम गर्न अझै ६ महिना लाग्ने बताउँदै साउनपछि मात्र सो कार्य सुुरु गर्ने बताए।
आगामी मंसिरबाट निर्माण सामग्री जम्मा गर्न सुुरु गर्ने र पुल निर्माण कार्य कर्णाली करिडोर जोडिएपछि मात्र सुुरु हुने निर्माण कम्पनी पक्षले जनाएको छ। पुलका लागि आवश्यक विकास निर्माण सामग्री सिमेन्ट, छड र सरिया सबै जिल्ला दररेटअनुसार ढुवानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
माथिल्लो हुम्ला अहिले पनि सडक सञ्जाल नजोडिएका कारण हवाई मार्गबाट ढुवानी गर्नुपर्ने हुन्छ। कर्णाली करिडोरको दुल्ली कुना लालीबगर क्षेत्रको ११ किमि सडक निर्माण जिम्मा पाएको सेनाको विकास निर्माण दलले हाल सो खण्डको सडक निर्माण तीव्र पारिरहेको छ। सडक निर्माणमा खटिएको सेनाले २०८१ सालको असारसम्म सडक निर्माण सम्पन्न गरेर हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्ने जनाएको छ।


