आइत, जेष्ठ १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भएको जनाएका छन्।

आज निर्वाचन आयोगमा भएको समीक्षा बैठकपछि उनले विषम अवस्थामा निर्वाचन गराउने दायित्वसहित गठन भएको सरकारले मुख्य काम सम्पन्न गरेको जनाए। सुरक्षा निकायको समन्वय र सरकारले स्रोत, साधनको समयमै व्यवस्था गरिदिएर निर्वाचन सम्पन्न गराउन सहयोग गरेको मन्त्री सिन्हाको धारणा थियो।

‘विभिन्न खालका दबाब आउँदा पनि आयोगले निर्वाचन कार्यतालिकामा हेरफेर नगरी काम गरेर समयमै निर्वाचन सम्पन्न गराउन नेतृत्वदायी भूमिका खेलेको छ,’ उनले भने, ‘निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलसँग समन्वय भएको थियो।’

उनले मतदानअघि सुरक्षा निकायलाई स्वार्थअनुकूल परिचालन नगरे राम्रो परिणाम निस्कन्छ भन्ने यो निर्वाचनबाट देखिएकोसमेत उल्लेख गरे।

मन्त्री सिन्हाले निर्वाचनबाट असल संस्कृतिको सुरुवात भएको बताए। अब बन्ने सरकारले बदलाको भावनाले काम नगरी जनतालाई सहज सेवा दिई आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने उनको सुझाव छ।

निर्वाचित सांसदको बैठक बोलाउन संसदीय मामिला मन्त्रालयले न्यूनतम आवश्यकता पूरा गर्ने मन्त्री सिन्हाले जनाए । सिंहदरबारभित्र निर्माणाधिन नयाँ संसद् भवनमै संसद्को पहिलो बैठक बोलाउने गरी तयारी भइरहेको पनि मन्त्री सिन्हाले जानकारी दिए। भोलिदेखि नै संसद्को अधिवेशन तयारीका लागि थप काम गरिने जानकारी पनि उनले दिए।

समीक्षा बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर राणा, आयोगका सचिव कृष्णबहादुर राउत, सुरक्षा निकायका प्रमुखलगायत उच्च अधिकारीहरुको सहभागिता थियो।

यो पनि पढ्नुहोस्

वीरगञ्जमा म्याद गुज्रिएका बियर बिक्री वितरण

मादक पदार्थकाे अन्तःशुल्क वृद्धि

७ घण्टा अगाडि
कुलमानलाई हटाइएकोबारे प्रम ओलीले जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने

प्रचण्ड अस्पतालमा भर्ना

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्ने घोषणा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

महिला सशक्तिकरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यक्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक