काठमाडौं । नेकपाका नेता दुर्गाप्रसाद चापागाईंले एमालेसँग पार्टी एकता अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन्।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा लज्जास्पद हार व्यहोरेका दुई दल मिलेर अघि बढ्नुको विकल्प नभएको केन्द्रीय सदस्य चापागाईको धारणा छ।
आइतबार सामाजिक सञ्जालमार्फत चापागाईंले कम्युनिस्ट घटकबीच गम्भीर समीक्षा गर्दै अबिलम्ब एकता प्रक्रियाको सुरुवात गर्नुपर्ने जनाएका हुन्।
चापागाईंले भनेका छन्, ‘पश्चिम बंगालको समेत अनुभव र शिक्षा लिएर अब नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमाले लगायतका कम्युनिस्ट घटकबीच गम्भीर समीक्षा गर्दै अबिलम्ब एकता प्रक्रियाको थालनी गरौ ।’
चुनावमा कांग्रेस, एमाले, नेकपासहितका पुराना दलले अस्तित्व मात्रै जोगाएका छन्।


