मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

इरानका ८६ वर्षीय सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
इरानका ८६ वर्षीय सर्वोच्च नेता खामेनी मारिएको पुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  इरानका ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ। इरानी सरकारी टेलिभिजनमा भावुक हुँदै उनको मृत्यु भएको समाचारहरु प्रसारण गरिएको छ। उनको मृत्युमा त्यहाँ ४० दिन सार्वजानकि राष्ट्रिय शोक घोषणा गरिएको छ।

आखिर को हुन् आयतोल्लाह अली खामेनी?  अनी उनी कसरी इरानको सर्वोच्च नेता बने र अमेरिका-इजरायल किन उनको पछि लागे र अन्तत उनको हत्या गरियो।

केही समय अघि सम्म अमेरिका र इजरायलको प्राथमिकतामा इरानको परमाणु कार्यक्रमहरु मुख्य थिए। तर पछिल्लो पटक उनीहरूको मुख्य निशानामा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी परे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु इरानमा सत्तापलट गर्न चाहन्छन्। यसै सिलसिलामा, गत शनिबार इरानमा भएको आक्रमणपछि खामेनीलाई तेहरानबाट सुरक्षित स्थानमा सारिएको दाबि गरिएको थियो। तर उनी शनिबार राति अमेरिकी कारबाहीमा मारिए।

रिपोर्टहरूका अनुसार, ट्रम्पसमक्ष खामेनी र उनका उत्तराधिकारीहरूलाई समाप्त पार्ने योजना पेश गरिएको थियो। नेतन्याहु पनि खामेनीको अन्त्यपछि मात्र यस क्षेत्रमा स्थिरता आउने विश्वास गर्दै आएका छन्।

मोडलिङको युगमा जन्मिएर ११ वर्षमै ‘मौलवी’ बने

१९ अप्रिल १९३९ मा इरानको पवित्र धार्मिक सहर मशहदमा सैयद जावेद खामेनीको घरमा आयतोल्लाह सैयद अली खामेनीको जन्म भयो। उनी ८ भाइबहिनीमध्ये दोस्रो सन्तान थिए। ४ वर्षको उमेरदेखि नै उनले कुरान र अरबी शिक्षा लिन सुरु गरे।

आफ्नो आत्मकथा ‘सेल नम्बर १४’ मा उनले लेखेका छन् कि उनी गणित र अंग्रेजीमा निकै तगडा थिए। आफ्ना पिता जस्तै मौलवी बन्ने बाटो रोजेका खामेनी ११ वर्षको कलिलो उमेरमै मौलवी बनेका थिए।

त्यस समय इरानमा शाह मोहम्मद रजा पहलवीको शासन थियो, जहाँ पश्चिमा संस्कृति, मोडलिङ र नाइट क्लबहरूको बोलवाला थियो। खामेनी बाल्यकालमा मौलवीको पहिरन लगाएर हिँड्दा मानिसहरूले उनको मजाक उडाउने गर्थे।

राजनीतिक यात्रा र इस्लामिक क्रान्ति

१९५० को दशकमा मुहर्रमको समयमा फिल्म प्रदर्शनमा लगाइएको रोक हटाएपछि खामेनीले त्यसको विरोध गर्दै राजनीतिमा पाइला टेके। पछि उनी आयतोल्लाह रुहोल्लाह खोमेनीका कट्टर अनुयायी बने। खोमेनीले इरानलाई पश्चिमाकरण गर्ने ‘ह्वाइट रिभोलुसन’ को विरोध गरेका थिए।

खामेनीले खोमेनीका विचारहरूलाई गाउँ-गाउँ पुर्‍याउन मद्दत गरे। १९७९ को इस्लामिक क्रान्तिपछि शाहको सरकार ढल्यो र खामेनी उप-रक्षामन्त्री नियुक्त भए। उनले इरानको सबैभन्दा शक्तिशाली सैन्य दस्ता  इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) गठन गर्न मुख्य भूमिका खेले।

ज्यानमारा आक्रमण र अपाङ्गता

१९८१ मा एउटा मस्जिदमा प्रवचन दिइरहेका बेला टेप रेकर्डरमा लुकाइएको बम विस्फोट गराएर खामेनीको हत्या प्रयास गरिएको थियो। यस हमलामा उनको दाहिने हात, भोकल कर्ड र फोक्सोमा गम्भीर चोट लाग्यो। उनको दाहिने हात सधैँका लागि पक्षघात (प्यारालाइसिस) भयो भने एउटा कानले सुन्न छाडे। तर उनले दृढताका साथ भनेका थिए ‘यदि मेरो मस्तिष्क र जिब्रोले काम गर्छ भने मलाई हातको आवश्यकता पर्दैन।‘

कसरी बने सर्वोच्च नेता?

सन् १९८१ मा राष्ट्रपति र प्रधानमन्त्रीको बम विष्फोटमा मृत्यु भएपछि खामेनी इरानको तेस्रो राष्ट्रपति बने। १९८९ मा खोमेनीको निधनपछि संविधान संशोधन गरेर उनलाई इरानको सर्वोच्च नेता (रहबर) चुनियो। यद्यपि, उनी सुरुमा यो पद लिन चाहँदैनथे, तर तत्कालीन परिस्थितिका कारण उनले कमान सम्हाले।

इजरायल र अमेरिका किन खामेनीको ज्यान लिन चाहन्थे ?

इरानको विदेश नीति र रणनीतिक निर्णयमा अन्तिम शब्द खामेनीकै हुन्छ। इजरायल र अमेरिका उनलाई हटाउन चाहनुका मुख्य कारणहरूका रुपमा खामेनीले इराक, सिरिया, लेबनान र यमनमा लडाकुहरूको सञ्जाल खडा गरे, जसले इजरायल र अमेरिकी स्वार्थलाई चुनौती दिइरहे। हिजबुल्लाह, हमास र हुथी विद्रोहीहरूलाई समर्थन दिएर उनले इजरायलविरुद्ध मोर्चा खोले।

साथै इरानी परमाणु कार्यक्रमलाई अघि बढाइरहे। जुन इजरायलले आफ्नो अस्तित्वका लागि सबैभन्दा ठूलो खतरा मान्छ। साथै ट्रम्प र नेतन्याहुको विश्वास छ कि खामेनी हटेपछि मात्र इरानमा पश्चिमामैत्री र लोकतान्त्रिक सरकार आउन सक्छ।

अब के होला?

यो पनि पढ्नुहोस्

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

अमेरिकी वायुसेना विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु

२ घण्टा अगाडि
काबुलको सैन्य विमानस्थल विस्फोट, १० जनाको मृत्यु

यमनमा विस्फोट हुँदा १२ जना सैनिकको मृत्यु

५ दिन अगाडि

खामेनीको उत्तराधिकारीका रूपमा अली लारीजानीको नाम चर्चामा छ। यदि सत्तापलट भएमा अमेरिकामा रहेका पूर्व राजा शाहका छोरा रजा पहलवीले पनि आफ्नो दाबी पेश गर्न सक्छन्। खामेनीको मृत्यु वा बहिर्गमनले पूरै मध्यपूर्वको राजनीतिमा ठूलो हलचल ल्याउने निश्चित छ। अब कसरी शान्तिपूर्ण रुपमा इरानले निकास पाउला भने प्रतिक्षा लम्बिएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक